समाचार

विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादी पक्राउ

बुटवल । रुपन्देही प्रहरीले विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराधमा संलग्न प्रतिवादीहरूलाई उनीहरूको घर बतनमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको टोलीले रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा फरार रहेका १३...

नेपाली सेनाद्वारा डाक्टरदेखि पण्डितसम्मको कर्मचारी माग

काठमाडौं । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले कर्मचारी माग गरेको छ । निर्देशनालयले प्राविधिक÷हवाई÷विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुका लागि कर्मचारी माग गरेको हो । निर्देशनालयले शुक्रबार एक सूचना जारी गर्दै उक्त कर्मचारीको माग गरेको हो । सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हाल मन्त्रिपरिषद् बैठक जारी छ । मन्त्रिपरिषदको नियमित बैठक केही बेर अघि सुरु भएको हो । सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको...

हेटौंडा अनुगमन : सुधार गृह नै सुर्धान निर्देशन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र रहेको विभिन्न तीन वटा सुधार गृहको अनुगमन गरिएको छ । बिहीबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको नेतृत्वमा सरोकारवालाहरु सम्मिलित टोलीले अनुगमन गरेको हो । उक्त टोलीले हेटौंडा–९ स्थित व्रिज अफ होम र उज्यालो भविष्य समाज गरी दुई वटा र हेटौंडा–८...

पोखरीमा डुबेर किशोरको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवन बरही रहेका छन् । उनको स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार दिउँसो एक्लै...

‘ए’ डिभिजन लिग अन्तरगत आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुने भएको छ । आज एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ६ खेलबाट १३ अङ्क जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार ६ खेलबाट ६ अङ्क जोडेर ११ औँ स्थानमा छ ।...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्ने भएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार, आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेश गर्ने कार्यतालिका रहेको छ...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने कोशी र...

उप–निर्वाचनका लागि आजबाट आचारसंहिता लागू हुने

काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचनका लागि आज शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने निर्वाचन आयोगका सह–सचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार, आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ...

देशभर कोभिड–१९ संक्रमितको सक्रिय संख्या ३५८ पुग्यो

काडमाडौं । देशभर कोरोना भाइरस (कोभिड–१९) को सक्रिय संक्रमितको संख्या ३५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संखया ३५८ पुगेको स्वास््रथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार, पछिल्लो २४ घण्टामा १ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर...