समाचार

कोरोना संक्रमणबाट महिलाको मृत्यु

धनगढी । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, आइसीयूमा उपचाररत उनमा गत...

ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने भएको छ । आज एक खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुने भएको हो । च्यासल मैदानमा सङ्कटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा रोयल ब्लु सातदोबाटो...

धारिलो हतिया प्रहार गरी युवकको हत्या

बैतडी । बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जोशी शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा भेटिएको हो । वासुदेवको कसले र किन हत्या...

आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज तीन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक...

हेटौंडाका तीन जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित शनिबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० न्युरेनीबाट अवैध लागूऔषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ ३५० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा–१०, न्युरेनी बस्ने ४१ वर्षीय होमबहादुर थापा मगर, सोही ठाउँ बस्ने...

आजदेखि नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो । यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय भवनमा आज दिउँसो १ बजे बस्ने भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धि तीन वटा विधेयक पेस गरिनेछ । त्यसैगरी, बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान...

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको ज्यान गयो

सिरहा । सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गएराति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आले मगरको ज्यान गएको हो । नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर...

गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम, नेपाली सेनाद्वारा डिस्पोज

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ । जिल्लाको सियारी–४ दयानगर छपियास्थित अध्यक्ष घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अध्यक्ष घिमिरेले १० बजेतिर घरबाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अवस्थामा...

आगोले जलेर शाहीको मृत्यु

गुल्मी । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सत्यवती गाउापालिका–४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, घाँस काट्ने क्रममा खरेनमा लागेको आगोमा परी घाइते भएको अवस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । उपचारको...