प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

तु खबर संवाददाता
२०८० बैशाख ३, आईतवार ०८:१७
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय भवनमा आज दिउँसो १ बजे बस्ने भएको हो ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धि तीन वटा विधेयक पेस गरिनेछ ।

त्यसैगरी, बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिनेछ ।