समाचार

बैशाख ११ गतेदेखि खोप सप्ताह सुरु हुने

काठमाडौँ । यही बैशाख ११ देखि १७ गतेसम्म देशैभर खोप सप्ताह हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार, लगाउन छुटेका सबै बालबालिकालाई खोप...

नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाशको बयान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनलाई नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बयान दिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा उनले गल्तीले गोली चलेको बताएको नेपाल प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए । शुक्रबार नयाँ वर्षको अवसरमा बालुवाटारस्थित तीर्थमाली...

भीरबाट झरेको ढुङ्गाले लागेर सञ्जयको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा भीरबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार, आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा...

मधेशमा आज जुडशीतल मनाइँदै

जनकपुरधाम । नव वर्षको स्वागतमा मिथिलासहित मधेश प्रदेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । प्रत्येक वर्षको बेशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा (टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ । बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद...

गोली लागेर वर्षमान पुनकी आमा घाइते

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा गोली लागेर घाइते भएका छन् । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएकी उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ...

लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट शुक्रबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको तनहुँ र बाँके जिल्लाबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । तनहुँको आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १० किलो ३ सय ५५ ग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ...

शताब्दी पुरुष सत्यमोहन जोशी पत्नीको निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । १०० वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, शनिबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन...

एकीकृत समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था मिलाएको छ । समाजवादीले मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको हो । सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन समय निर्धारण गरिएको उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।...

लाइसेन्सको काम तीन दिनदेखि ठप्प

काठमाडौं । सरकारको बेवास्ताका कारण सवारीचालक अनुमतिपत्रपत्र (लाइसेन्स) को काम तीन दिनदेखि प्रभावित बनेको छ । लाइसेन्सका लागि प्रयोग गरिने प्रणाली (सिस्टम) मा आएको समस्याका कारण तीन दिनदेखि नयाँ लाइसेन्स लिने र नवीकरणको काम ठप्प बन्न पुगेको हो । पटकपटक देखिने यस्तो समस्याका कारण सेवाग्राही समस्या पर्दै आएका छन्...