समाचार
सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् । विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौताहरूलाई हृदयङ्गम...
अदालतले २२ लाख जरिवाना तोकेका न्यौपाने प्रहरीको फन्दामा
काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी छत्रकोट गाउँपालिका–४ घर भई काठमाडौं कलंकी बस्ने ४९ वर्षीय दिपक न्यौपाने रहेका छन् । न्यौपानेलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो । पक्राउ परेका न्यौपानेलाई २०७८ मंसिर २७ गते...
प्रतिनिधि सभा बैठक : दुई वटा विधेयक पेश
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा दुई वटा महत्त्वपूर्ण विधेयक पेश भएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पेश गरेका हुन् । यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा...
सिस्नु टिप्न गएका २ जना नाबालिका मृत फेला
काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत अवस्थामा फेला परेका छन् । बुधवार सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरु बुधवार सिस्नु...
प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति गठन, को–को भए मनोनित ?
काठमाडौं । संसदको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकबाट कार्य व्यवस्था परामर्श समिति गठन गरिएको हो । दलहरुले आफ्नो भागमा परेको संख्यामा समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएपछि बैठकमा सभामुख देवराज घिमिरेले समिति गठन भएको जानकारी गराएका हुन् । प्रतिनिधि...
राष्ट्रिय किताबखानाद्वारा शिक्षकहरुको विवरण अनुरोध
काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षकहरुको एक मुष्ट विवरण पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गरेको छ । शिक्षक सेवा आयोगबाट सिफारिस भई स्थायी भएका शिक्षकहरुको वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) कार्य चापका कारण प्रमाणित गरेर पठाउन कठिनाइ भइरहेको भन्दै एक मुष्ट पठाउन आग्रह गरिएको हो ।...
परराष्ट्र सचिव पौडेल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
कठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्र सचिव भरतरात पौड्याल र चिनियाँ विदेशमन्त्री छिन क्याङबीच भेटवार्ता भएको छ । द्विपक्षीय कूटनीतिक संयन्त्रको १५ औं बैठकमा सहभागी हुन बुधबार बेइजिङ पुगे सचिव पौड्याल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता भएका हुन् । चिनियाँ विदेशमन्त्रीसँग भएको भेटमा द्विपक्षी सम्बन्धलाई दृघकालीन हिसाबले थप मजबुत बनाउने...
आर्थिक चुनौतीलाई सम्बोधन गर्ने काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड) ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । यस्तै, अर्थ मन्त्रालयसँग समन्वय गरेर भौतिक...
८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक आज ८ अंकले घटेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८ लाख ४३ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा ९१ करोडमाथिको कारोबार भएको हो...
बिहीबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । बुधबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आज ८०० रुपैयाँले घटेसँगै सुनको भाउ प्रतितोला १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार हालसम्मकै उच्च मूल्य...










