गोली लागेर वर्षमान पुनकी आमा घाइते

तु खबर संवाददाता
२०८० बैशाख २, शनिबार ०९:३३
file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा गोली लागेर घाइते भएका छन् । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएकी उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतले जनाएको छ ।

उनको खुट्टामा गोली लागेको छ । गोली लागेको उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगर रहेका छन् । उनलाई राति १ बजे नियन्त्रणमा लिइसकेको र आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी प्रधान कार्यालयमा लगेको जनाइएको छ ।