समाचार

जेनिथ विद्यालयले कुक र मन्टेश्वरी तालिम दिने

हेटौंडा । हेटौंडा ५ पिप्लेमा रहेको जेनिथ ईन्टरनेशनल सेकेन्डरी विद्यालयले सिटिईभिटी कार्यक्रम गर्ने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै सिटिईभिटी कार्यक्रमबारे जानकारी गराइएको थियो । विद्यालयका प्रिन्सीपल श्री बहादुर कार्कीले विद्यालयले लेवल वानको व्यवसायिक खाना बनाउने र बेकरी सम्बन्धित ७९२ घण्टाको तालिम प्रदान गरिने बताए । त्यस्तै,...

नेपाली सेनाको सर्भर ह्याक गर्ने ढकाल प्रहरीको फन्दामा

काठमाडौं । नेपाली सेनाको सर्भर ह्याक गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् । साइबर स्पेसमा अनधिकृत पहुँच पुर्याउने उद्देश्यले विभिन्न...

नदीमा डुबेका बालकको मृत्यु

दाङ । दाङको देउखुरीमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहीबार बेलुका ४ बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेर प्युठानको झिमरूक गाउँपालिका–८ टिमुरेचौरका १३ वर्षीय विवेक सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव शुक्रबार मध्यान्ह करिव १२ बजे फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले...

वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठग्न सघाउने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठग्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नासु पशुपति अधिकारी रहेका छन् । उनले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको...

भारतमा २४ घण्टामा ६ हजारभन्दा बढीमा कोरोना पुष्टि, १४ को मृत्यु

भारत । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ हजार ५० नाघेको छ । यो पछिल्लो २०३ दिनको रेकर्ड सङ्ख्या हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीमा भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार ३०३ पुगेको छ । गत वर्ष सेप्टेम्बर १६ मा ६ हजार २...

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको आज २ सय रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै, आज तेजाबी सुनको भाउ समेत...

२ लाख धरौटीमा छुटे वडाध्यक्ष

बारा । राष्ट्रिय वन क्षेत्र फडानी गरेको आरोपमा पक्राउ परेका कोहल्वी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नन्दकिशोर चौधरी धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाराले वडाध्यक्ष चौधरी धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले दिएको आदेशअनुसार, वडाध्यक्ष चौधरी बिहीबार २ लाख रुपैयाँ धरौटीमा रिहा भएका...

आन्दोलनको क्रममा मृत्यु भएका लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकमा मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुका...

नेकपा क्रान्तिकारी र बहुमत पार्टीबीच एकता गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बिचमा पार्टी एकता गर्ने निर्णय भएको छ । शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेकपा (मशाल) सँग पनि एकताको लागि...

संघीयताको पहरेदार स्थानीय सरकार : कानून मन्त्री श्रेष्ठ

धादिङ । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले संघीयताको पहरेदार स्थानीय सरकार भएको बताएका छन् । धादिङमा भएको स्थानीय तहको लागि कानून निर्माण, मेलमिलाप एवम् राजपत्र सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बनेको तर, ऐन कानुन धेरैजसो पञ्चायतकालीन हुँदा संघीयता...