समाचार

प्रतिनिधि सभा बैठकबाट शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले उनको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका...

दोस्रो कार्यकालको लागि सापकोटाले लिए संचार रजिष्ट्रारको शपथ

मकवानपुर । बागमती प्रदेश सरकारको प्रदेश सञ्चार रजिष्ट्रारको पदमा दोस्रो कार्यकालका लागि रेवती सापकोटाले आइतबार पद तथा गोपनीताको शपथ लिएका छन् । पहिलो कार्यकाल पूरा गरेका सापकोटालाई गत चैत्र २८ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पुनः दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेश सन्चार माध्यमसम्बन्धी...

तामाङ सेलो ‘खाल्दा निबारी’ सार्वजनिक (भिडियोसहित)

मकवानपुर । मकवानपुरको विभिन्न भागमा छायांकन गरिएको तामाङ सेलो ‘खाल्दा निबारी’ सार्वजनिक भएको छ । उक्त तामाङसेलो सिन्धुपाल्चोकका गायक आश्मान लोप्चनकोको समूहले ओपेरा डिजिटल युट्युब च्यानलबाट बैशाख १ गते सार्वजनिक गरेको हो । आस्श्मान लोप्चनसँगै यो गीतमा रोस्ना लुङ्बाको मीठासपूर्ण स्वर रहेको छ भने कलाकार बिक्रम लुङ्बा र बिन्दु...

आइतबार शेयर बजारमा गिरावट

काठमाडौं । आज साता शेयर कारोबार अर्थात नयाँ सालको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से २.८० अंकले घट्दा १९३१.६८ को विन्दुमा कायम भएको छ । आज चार उपसूचक बाहेक सबै कम्पनीको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल र टुरिजमको उपसूचक बढेको छ। आज...

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।...

एकीकृत समाजवादीद्वारा सरकारमा चपाईंलाई पठाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई सरकारमा पठाउने भएको छ । उनलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनाउने भएको हो । राष्ट्रिय सभा सदस्य चपाईं सुर्खेत निवासी हुन् । यसअघि गत चैत्र १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी...

सर्वोच्च अदालतमा ५८.८२ प्रतिशत मुद्दा फर्स्योट

काठमाडौं । सर्वोच्च अदालतमा गत वर्ष ५८.८२ प्रतिशत मुद्दा फर्स्योट गरिएको छ । सर्वोच्च र मातहत अदालतहरूमा गत वर्षबाट जिम्मेवारी सरेको १ लाख ४४ हजार ५२७ समेत गरी कूल ४ लाख ५ हजार ६९ मुद्दामध्ये २ लाख ३८ हजार २६९ मुद्दा फर्स्योट गरिएको हो । अझै पनि १ लाख...

कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले घटेर उक्त मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, नयाँ वर्षको दिन शुक्रबार र भोलिपल्ट शनिबार सार्वजनिक बिदा...

लागूऔषधसहित २ जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिका–७ बस्ने २८ वर्षीय झलक वादी र सोही पालिकाको वडा नं–९ का ३३ वर्षीय हरि विक रहेका छन् । प्रहरीका अनुसार, उनीहरूलाई भेरीगंगा नगरपालिका–८ गोचे खोलाबाट पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय छिन्चुबाट सादा पोसाकमा...

८०४ वटा भित्तेपात्रोलाई स्वीकृती प्रदान

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८० का लागि ८०४ भित्तेपात्रो (क्यालेण्डर) लाई स्वीकृती प्रदान गरेको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृती लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो । गठन आदेश वमोजिम वि.सं. २०८० का लागि हालसम्म ८०४ वटा भित्तेपात्रोले...