लागूऔषधसहित २ जना पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिका–७ बस्ने २८ वर्षीय झलक वादी र सोही पालिकाको वडा नं–९ का ३३ वर्षीय हरि विक रहेका छन् ।
प्रहरीका अनुसार, उनीहरूलाई भेरीगंगा नगरपालिका–८ गोचे खोलाबाट पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय छिन्चुबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा विकको साथबाट रातो प्लाष्टिकको मेघाश्रीको खोलमा लुकाई छिपाई राखेको अवस्थामा ११ पुडिया ब्राउन सुगर भेटिएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई नियन्त्रित लागूऔषधसहित आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
