तामाङ सेलो ‘खाल्दा निबारी’ सार्वजनिक (भिडियोसहित)

मकवानपुर । मकवानपुरको विभिन्न भागमा छायांकन गरिएको तामाङ सेलो ‘खाल्दा निबारी’ सार्वजनिक भएको छ ।
उक्त तामाङसेलो सिन्धुपाल्चोकका गायक आश्मान लोप्चनकोको समूहले ओपेरा डिजिटल युट्युब च्यानलबाट बैशाख १ गते सार्वजनिक गरेको हो ।
आस्श्मान लोप्चनसँगै यो गीतमा रोस्ना लुङ्बाको मीठासपूर्ण स्वर रहेको छ भने कलाकार बिक्रम लुङ्बा र बिन्दु रुम्बाले प्रस्तुती दिएका छन् ।
यो गीत कुमार स्याङबाले रचना गरेका हुन् । संगीतकार बिशाल काल्तान र कर्साङ लामाले संगीत संयोजन गरेको यो गीतको भिडियोका निर्देशक हेरुका लामा रहेका छन् ।
यो समाचार तयार पार्दासम्म उक्त भिडियो १५ हजार १९४ जनाले हेरेका छन् ।
हेर्नुहोस् भिडियो ।