कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

तु खबर संवाददाता
२०८० बैशाख ३, आईतवार १५:५९
file-photo

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुन प्रतितोला ८०० रुपैयाँले घटेर उक्त मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, नयाँ वर्षको दिन शुक्रबार र भोलिपल्ट शनिबार सार्वजनिक बिदा भएको हुनाले आइतबार नयाँ भाउ निर्धारण भएको हो ।

यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य भने स्थिर छ । आइतबार चाँदी प्रतितोलाई १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।