समाचार

ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु

जनकपुरधाम । सप्तरीमा ज्वाइँको कुटपिटबाट गम्भीर घाइते भएका ससुराको मृत्यु भएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका–६ खामगडाका ५५ वर्षीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका–७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा...

नक्कली नोटसहित एक युवक पक्राउ

सर्लाही । सर्लाहीमा नक्कली नोटसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका–५ अर्नाहाका ३० वर्षीय रामप्रसाद राय रहेका छन् । सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित उनलाई पक्राउ गरेको हो । बरहथवा नगरपालिका–१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिडिरहेको अवस्थामा रायलाई...

प्रचण्ड र देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार

काठमाडौं । संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तारूढ दलले गरेको प्रस्ताव विपक्षी दलले अस्वीकार गरेको छ । सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शनिबार प्रमुख तीन दलका अध्यक्षको बैठक बसेको थियो । सभामुख घिमिरेसहित बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल,...

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका ल्याइने

काठमाडौं । सरकारी स्तरबाट प्रयोग हुने सामाजिक सञ्जाल सञ्चालनको मापदण्ड तथा नियमन गर्ने दस्तावेज अपर्याप्त हुँदा बेलाबेलामा समस्या आउने गरेको छ। हाल यससम्बन्धी २०७५ मा तर्जुमा गरिएको एक कार्यविधि छ तर त्यो ‘हेलो सरकार’ सञ्चालनका लागि मात्र लक्षित थियो । स्पष्ट मार्गदर्शक दस्तावेज नहुँदा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा अन्य...

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशको पहाडी भू–भागमा...

धनुषाबाट पक्राउ परे मकवानपुरका दोङ्ग

धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्वर ७ लक्ष्मिनिया चोकबाट शुक्रबार दिउँसो प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय सन्तबहादुर दोङ्ग रहेको जिल्ला प्रहरी कार्या धनुषाले जनाएको छ । प्रहरीका अनुसार, उनलाई प्रहरी चौकी लक्ष्मीनियाबाट खटिएको...

सभामुख घिमिरे र तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शनिबार भेटवार्ता भएको हो । छलफलमा सभामुखसहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।...

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत...

मुकुन्द न्यौपानेले छाडे एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ नेता न्यौपानेले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त भएको उनको आरोप छ । सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ...

पुडासैनी मैत्री समाज मकवानपुरको अध्यक्षमा बालकृष्ण पुडासैनी

मकवानपुर । पुडासैनी मैत्री समाज मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण पुडासैनी चयन भएका छन् । समाजको शनिवार हेटौंडामा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष बालकृष्णको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा दिपक पुडासैनी, उपाध्यक्षमा यतिन्द्र पुडासैनी, महासचिवमा प्रल्हाद पुडासैनी, सचिवमा बलराम पुडासैनी, सह–सचिवमा कृष्णकला पुडासैनी...