समाचार

बालिकाको हत्या आरोपमा सात जना पक्राउ

रूकुमपूर्व । रुकुमपूर्वमा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गत चैत्र २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत्र २३ गते...

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसकेका छन् । राष्ट्रपतिको राजनीतिक...

धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना

पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार, बेसक्याम्पमा सामान लिएर पुगेको उक्त हेलिकप्टर दुर्घटना भएको भनिएपनि यथार्थ विवरण आइसकेको छैन...

कोरोना संक्रमित बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढिरहेकाले कोभिड–१९ विरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन्...

मिटरब्याज पीडितद्वारा १९ सदस्यीय वार्ता टोली गठन

काठमाडौं । मिटरब्याज पीडितहरुले १९ सदस्यीय वार्ता टोली गठन गरेका छन् । चैत्र २० गतेदेखि काठमाडौंमा आन्दोलनरत पीडितहरुले गृह मन्त्रालयको टोलीसँग वार्ता गर्न टोली गठन गरेका हुन् । गृह मन्त्रालयले गत शुक्रबार सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा सहसचिव कोइराला,...

स्ववियु निर्वाचन : पाटनको सभापतिमा नेविसंघका बागी उम्मेदवार निर्वाचित

काठमाडौं । ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ) लाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिएको थियो । जम्मा २ हजार ६७९ मत खसेको थियो...

झरनाको मुक्तक–साँझ सम्पन्न

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुर मकवानपुरको २८८ औं साहित्य शृङ्खला तथा २९ औँ मुक्तक–साँझ कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा अतिथि तथा स्थानीय मुक्तककारहरूका रचना वाचन, स्रष्टा सम्मान तथा माध्यमिक तह स्तरीय मुक्तक प्रतियोगिता समावेश भएका थिए । कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले...

८ वर्षीया बालिका बलात्कार गर्ने भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको कटहरीयामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको प्रहारले जनाएको छ । प्रहरीका अनुसार, आरोपी सोनारको ससुराली कटहरीया बजार छेउमै रहेको छ । शनिबार उनी ससुराली...

सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुने

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । गोला प्रक्रियाबाट इजलास चयन...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

उदयपुर । उदयपुरको गाईघाट बजारमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान जानेमा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने ४३ वर्षीय तारणी मगर रहेका छन् । आज बिहान करिब साढे ५ बजेको समयमा मे १ ख २१८४ नम्बरको ट्रकले प्रदेश १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकललाई ठक्कर...