महिला मिलन सहकारी हेटौंडाले मनायो स्थापना दिवस

तु खबर संवाददाता
२०८० बैशाख ४, सोमबार १९:१५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले सोमबारस्थापना दिवस मनाएको छ ।

सहकारीले विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै आफ्नो २३ औं स्थापना दिवस मनाएको हो । कार्यक्रम संस्थाको अध्यक्ष विष्णुमाया लामाको सभाध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा भएको हो ।

सो अवसरमा सर्वाधिक बचतकर्ता क्रमशः ईश्वरी पाण्डे, कुसुमाया थिङ, निशा थिङ, विनाकुमारी लामा, सविता थापा मगर, अश्विन वाईवा, रुमिला लामालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

यस्तै, सफल उद्यमी तर्फबाट क्रमशः सुनकेशरी लामा, खिना स्याङ्तान, सितामाया ब्लोन, पार्वती थिङ र मुना थिङ सम्मानित भएका थिए ।
त्यस्तै, असल ऋणी तर्फबाट अञ्जु गोपाली, मनमाया घलान, श्याममाया मुक्तान, कमला राई र सञ्चमाया स्याङ्तान सम्मानित भए ।
साथै सहकारीले स्मति घलान र इन्चुक सिन्तानलाई नगद ५ हजारसहित छात्रवृति प्रदान गरिएको थियो भने उत्कृष्ट समूहमा नवज्योती महिला समूहलाई पुरस्कृत गरिएको थियो ।

सो अवसरमा सहकारीले विद्यालयलाई डस्विन समेत वितरण गरेको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका उपाध्यक्ष मिना चौरेल, वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामा, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख रामेश्वर अर्यालको विशेष आतिथ्यता रहेको कार्यक्रममा हेटौंडा–१२ का वडा सदस्य गीता परियार, ग्रामीण महिला सेवा केन्द्रका सचिव अचला शर्मा, महेन्द्र माविका प्रअ विष्णु श्रेष्ठ, क्याम्पस प्रमुख निबन्ध लामा लगायतको आतिथ्यता रहेको थियो ।