महिला सेवा सहकारीद्वारा उत्कृष्ट बचतकर्ता सम्मानित
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ स्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको छ । सहकारीले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा ५ जना उत्कृष्ट बचतकर्ता जोडीलाई सम्मान गरेको हो ।
सहकारीले फुलमाया र नवराज घलान, सावित्रा र रमेश घलान, थममाया थापा र मनोज लामा, सीता लामा र जोकलाल बल, जमुना कुमारी चापागाई र रामचन्द्र अधिकारीलाई नगदसहित सम्मान गरेको हो । कार्यक्रम हेटौंडा–१२ का वडाध्यक्ष ललित घलानको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष यसोदा पराजुलीको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा वडा सदस्य तथा संस्थाका उपाध्यक्ष रुक्मिणी गोङ्वा, लेखा समिति संयोजक आँचला शर्मा, व्यवस्थापक सुशीला वाईवा तथा पदाधिकारी र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
