स्थानीय तह उपनिर्वाचनः हेटौंडा–१२ मा ६८ प्रतिशत मात्रै मत खस्यो

तु खबर संवाददाता
२०८१ मंसिर १६,आईतवार १८:२९

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा वडाध्यक्ष पदका लागि ६८ प्रतिशत मात्रै मत खसेको छ ।

कुल ८ हजार ५३ मतदाता रहेको उक्त वडामा नयाँ नेतृत्व चयनको लागि ६८ दशमलव ०८ प्रतिशत अर्थात निबित मतपत्रसहित ५ हजार ४ सय ८६ मत खसेको हो ।

जसमा २ हजार ९३१ महिला, २ हजार छ सय ५५ पुरुष, एक जना अन्यले मतदान गरेका हुन् । ३ मतपत्र भने निबिता मतपत्र रहेको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार, उपनिर्वाचनका लागि भोर्लेस्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्र गरी २ वटा मतदानस्थल तोकिएको थियो ।

मतदान केन्द्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी आवश्यकता अनुसार परिचालन गरिएको थियो ।

सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र समेत परिचालन गरिएको थियो ।