हेटौंडा साकोसद्वारा सेवा केन्द्र विस्तार

तु खबर संवाददाता
२०७९ श्रावण १६, सोमबार १०:३२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सदस्य सेवा केन्द्र विस्तार गरेको छ । उपमहानगरपालिकाले सोमबार एक कार्यक्रमबीच हेटौंडा–२ हरिकुन्जरोडमा सदस्य सेवा केन्द्र विस्तार गरेको हो ।

तेस्रो सेवा केन्द्रको रुपमा रहेको उक्त सेवा केन्द्र जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठले उद्घाटन गरेकी हुन । कार्यक्रममा सहकारीका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड कार्यालय मकवानपुरका ईन्चार्ज ज्योति महत, सेवा केन्द्र संयोजक विजयबहादुर बस्नेत, लेखा समिति संयोजक सुबोध रिमाल, संस्थाका व्यवस्थापक रामशरण गौतम, सहकारीका पदाधिकारी, उपसमिति संयोजकहरुको उपस्थिति रहेको थियो । सहकारीले हेटौंडाको कमाने र हटिया चिसापानीमा सदस्य सेवा केन्द्र सञ्चालन गरि सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।