प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

तु खबर संवाददाता
२०८० बैशाख ५, मंगलवार ०८:३७
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार बस्ने गरी बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

उनका अनुसार, बैठक बैशाख ८ गते शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठक आव्हान गरिएको हो ।

सोमबार बसेको प्रमुख तीन राजनीतिक दल र सभामुखसहितको छलफलमा प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद् बैठक बोलाउन दलहरुबीच सहमति जुटेको थियो ।