समाचार

आजको मौसम : स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना...

बागमती प्रदेश सरकार विस्तारः नवनियुक्त मन्त्रीहरुले लिए सपथ

मकवानपुर । बागमती प्रदेश सरकार आइतबार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेको तर्फबाट बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामालाई खानेपानी उर्जा तथा सिचाईमन्त्री नियुक्त गरेका हुन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त...

सन्दीप लामिछाने : जाहेरीकर्ताको स्वास्थ्य परीक्षणका लागि चिकित्सक झिकाउन आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन आदेश दिएका हुन् । आइतबार वादीतर्फका कानून व्यवसायीहरुले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि...

बागमती प्रदेश : कांग्रेसका दुई सांसद मन्त्री बन्दै

मकवानपुर । बागमती प्रदेशमा आइतबार मन्त्रीपरिषद् विस्तार हुँदैछ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले केहीबेरमा मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले नेपाली कांग्रेसको तर्फबाट २ जना मन्त्री गर्न लागेका हुन् । कांग्रेसबाट बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामा आज मन्त्री बन्ने भएका हुन् ।...

कर्णालीमा सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन्...

आर्थिक लेनदेनको अडियो बाहिरियोपछि रास्वपाका सांसद श्रेष्ठ निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका छन् । सो पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी निलम्बन गरेको हो । रास्वापाबाट समानुपातिक सांसद रहेका श्रेष्ठले दुर्गा प्रसाईंसँग आर्थिक लेनदेन गरेको अडियो बाहिर आएको थियो । उनलाई तत्कालका...

रोजगार बोर्डका नासु र बीमा कम्पनीका अधिकृत पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै मृत्यु भएका तथा विदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिन्छु भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा...

चार जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को चैत्र २४ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दीप भण्डारी, सुदीप गिरी,...

नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बोनस शेयर सूचीकृत हुनेमा ङादी ग्रुप पावर र श्री इन्भेष्टमेन्ट फाइनान्स रहेको छ । ती कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो । ङादी ग्रुप पावरको ४.७५ प्रतिशत दरका...

शेयर बजारमा २८ अंकको गिरावट, एक अर्ब १५ करोडको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा भारी अंगको गिरावट आएको छ । नेप्से सूचक आज २८.३१ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६८ कम्पनीको ३८ लाख ३० हजार २७७ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १५ करोड ४८ लाख रुपैयाँमाथिको...