उप–निर्वाचन : तनहुँका १६ मतदान केन्द्र महिलाको जिम्मा

तु खबर संवाददाता
२०८० बैशाख ५, मंगलवार १६:०२
file-photo

तनहुँ । तनहुँ–१ मा हुन लागेको प्रतिनिधि सभाको उप–निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही बैशाख १० मा हुन लागेको उप–निर्वाचनका लागि १५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो ।

नियुक्त भएका मतदान र सहायक मतदान अधिकृतका लागि आज बैशाख ५ र ६ गते अभिमुखीकरण प्रदान गरिने निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

अभिमुखीकरण पश्चात् ७ गतेबाट मतदान अधिकृतलाई आवश्यक सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा खटाइनेछ ।

कुल १५२ मतदान केन्द्रमध्ये १६ मतदान केन्द्रमा महिलालाई जिम्मेवारी दिइएको छ ।

उप–निर्वाचनका लागि वि.सं. २०८० बैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार ३०५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।