तीन जना लागूऔषध कारोबारी पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख ५, मंगलवार ०९:५७
सांकेतिक तस्बिर

मोरङ । लागूऔषध खैरोहेरोइन (ब्राउन सुगर) को कारोबारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उर्लाबारी नगरपालिका–३ केर्खाली चोकमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा विश्वास धिमाल, २२ वर्षीय आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्का रहेका छन् । लागूऔषध कारोबार गरिरहेको अवस्थामा तीनै जनालाई सोमवार राति पक्राउ गरिएको हो ।

पक्राउ परेकाबाट २१ ग्राम खैरो हेरोइन बरामद भएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्नका लागि हिरासतमा राखिएको छ ।