समाचार
एसईईका विद्यार्थी चढेको जिप दुर्घटना, एक जनाको मृत्यु
धनगढी । कैलालीमा एसईईका विद्यार्थी चढेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चुरे गाउँपालिका–६ बस्ने १८ वर्षीय भानु ठकुन्ना रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको...
राष्ट्रिय सभाको बैठक आज बस्दै
काठमाडौँ । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२ औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस गर्नेछन् । त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय...
ए डिभिजन लिग अनतरगत आज तीन खेल हुँदै
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार तीन खेल हुँदैछ । आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटो गरी तीन खेल हुने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च...
दुर्घटनामा परेर छोरीको मृत्यु, बुवा घाइते
जनकपुरधाम । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-९, बगाटोलबी १० वर्षीया एन्जिला बस्नेत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आइतबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारमा बा ३ च...
मिटरब्याज पीडित र सरकारी टोलीबीच आज पनि वार्ता हुँदै
काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पनि वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह–सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच सोमबार पनि वार्ता हुन लागेको हो । संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार छलफल भए पनि सहमति नभए पछि सोमबार...
आज प्रतिनिधि सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् । सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ छ । सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्ने...
पर्यटन मन्त्रालयले गर्यो सबै पर्यटन दुत बर्खास्त
काठमाडौं । पर्यटन मन्त्रालयले बहालवाला सबै पर्यटन पर्यटन दूत बर्खास्त गरेको छ । ‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै पर्यटन दूतहरूलाइ बर्खास्त गरेको हो । निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा विभिन्न मुलुकमा नियुक्त गरिएका २५ जना पर्यटनदूतको नियुक्ति...
कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया...
नेपालमा भेटियो नयाँ प्रजातिको माछा
काठमाडौं । विराटनगरस्थित सिङ्घिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । अनुसन्धानकर्ताले नेपालमै पहिलो पटक यस्तो प्रजातिको माछा भेटिएको दाबी गरेका छन् । झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्धानका क्रममा विराटनगरको पूर्वी सिमाना भएर बग्ने सिङ्घियाको तल्लो तटीय क्षेत्रमा नयाँ माछा एम्ब्लिसेप्स वाइखोमी’ फेला परेको हो...
बीमा पोलिसी समर्पणबाट झण्डै ९ अर्ब रुपैयाँ फिर्ता
काठमाडौं । पछिल्लो समय नेपालमा बीमा पोलिसी समर्पण (सरेन्डर) गर्ने बीमितको संख्या बढेको छ । पोलिसी सरेन्डर गर्ने बीमितको संख्या बढ्दा चालू आर्थिक वर्षको ८ महीनामै जीवन बीमा कम्पनीहरूले झन्डै ९ अर्ब रुपैयाँ बीमा शुल्क फिर्ता गर्नुपरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा बीमितहरूले...










