समाचार

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ...

निजामती सेवामा ५० हजार दरबन्दी रिक्त

काठमाडौं । सरकारले समयमा नै पदपूर्ति प्रक्रिया सम्पन्न गर्न नसक्दा निजामती सेवामा ५० हजार दरबन्दी रिक्त रहेको पाइएको छ । जसअनुसार संघ, प्रदेश र स्थानीय तहमा गरी कुल दरबन्दी १ लाख ३६ हजार १ सय २२ रहेकोमा ५० हजार ४ सय ६६ पद रिक्त छन् । बाँकी ८५ हजार...

आजबाट देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र भोली देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला...

आज यी पाँच प्रदेशमा क्षणिक वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखी सामान्यतया बदली रहने छ । गण्डकी, कर्णाली र...

मन्त्रिपरिषद् बैठक : राष्ट्रिय परिचयपत्रबारे रवि लामिछानेले गरेको निर्णय खारेज

काठमाडौं । राष्ट्रिय परिचयपत्रबारे पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय खारेज गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले जानकारी दिए । ‘तत्कालीन गृहमन्त्री लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज भएको छ’ ती अधिकारीले भने, ‘ठेक्का पाउने कम्पनीको इजाजत पनि...

सिंहदरबारको फोहोर नउठाएको रिटमा मंगलबार सुनुवाइ भएन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुन सकेन । अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो । तर, उक्त रिट आज हेर्न नभ्याइनेमा राखिएको हो ।...

मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न मानव आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो । आयोगका प्रवक्ता डा....

पर्साबाट पक्राउ परे हेटौंडाका बिक

पर्सा । पर्सा प्रहरीले जिल्लाको वीरगंज महानगरपालिका–१५ प्रतिमा चोकबाट गएराति अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले नियन्त्रित लागूऔषध नाईट्राभेट ९० ट्याब्लेट, १०० एमएलको वानरेक्स ५ बोतल र लागूऔषध चरेश जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहनागरपालिका...

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक हाल जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा जारी बैठक केही समय अघि सुरु भएको हो । आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ ।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकैदिन थप २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जानकारी गराएको हो । यस्तै, सोही अवधिमा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, २ हजार २९१ नमुनामध्‍ये ९८०...