समाचार

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम...

आज सूर्यग्रहण लाग्ने, नेपालबाट नदेखिने

काठमाडौं । वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । बिहान ७ बजेर ४० मिनेटबाट सुरु भएको ग्रहण दिउँसो १२ बजेर २९ मिनेटसम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे ५ घण्टा छ । यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ । यो सूर्यग्रहण नेपालमा भने देखिने छैन । नेपालबाट ग्रहण नदेखिने भएकोले...

आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औँसी

मकवानपुर । आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औँसी देशैभर मनाइँदै छ । बैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउने गरिन्छ । आज जन्म दिने आमालाई सम्मान गरेर यो पर्व मनाउने प्रचलन छ । टाढा भएका सन्तान आफ्नो आमालाई भेट्न आउने, मिठो मसिनो...

प्रतिनिधि सभाको अर्को बैठक बैशाख १२ गते बस्ने

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक यही बैशाख १२ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको छ । आज बसेको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेश्रो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । सो विधेयकमाथि प्रतिनिधि सभा...

महालेखा परीक्षक कार्यालयद्वारा प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष महालेखा परीक्षक कार्यालयले आज बुधबार पाँचौं वार्षिक प्रतिवेदन पेश गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको काम कारबाही समेटिएको वार्षिक प्रतिवेदन महालेखाका नायव महालेखापरीक्षक बालकृष्ण थापाले एक कार्यक्रमबीच प्रदेश प्रमुख शर्मासमक्ष पेश गरेका हुन् । नेपालको संविधानको धारा...

भीमफेदी कारागारमा एक कैदीबन्दीको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा आज बिहान एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका परियार आज बिहान १०ः४० बजेको समयमा...

१०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै ३८६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ६६...

कतिमा कारोबार हुँदैछ सुनचाँदीको भाउ ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले बढेर १ लाख १० हजार ३०० रुपैयाँ पुगेको हो...

मानव बेचबिखन मुद्दामा एक पुरुष पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको लमही नगरपालिका–५, लमही बजारस्थित विएण्डवि होटेलका संचालक नुमाराम भुसाललाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, भुसालमाथि २०७९ मंसिरदेखि २०७९ चैत्र २७ गतेसम्म विभिन्न प्रलोभन र डर धम्की देखाएर...

बुधबार शेयर बजारमा हरियाली, ८७ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा सामान्य अंकको सुधार आएको छ । नयाँ वर्ष २०८० साल सुरु भएसँगै लगातार गिरावट आएको नेप्से परिसूचक आज सामान्य अंकले १५ बढेर १९२० को विन्दुमा पुगेको रोकिएको हो । आज शेयर बजारमा जम्मा ८७ करोड २१ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको...