मानव बेचबिखन मुद्दामा एक पुरुष पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख ६, बुधबार १६:१९
सांकेतिक तस्बिर

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको लमही नगरपालिका–५, लमही बजारस्थित विएण्डवि होटेलका संचालक नुमाराम भुसाललाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार, भुसालमाथि २०७९ मंसिरदेखि २०७९ चैत्र २७ गतेसम्म विभिन्न प्रलोभन र डर धम्की देखाएर युवतीमाथि शारीरिक सम्बन्ध राख्न लगाएको र सो बापत रकम असुली गर्दै आएको उजुरी परेको थियो ।

पीडितको सो उजुरीका आधारमा भुसाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । परेका भुसाललाई मानव बेचबिखन तथा ओसार पसारसम्वन्धी मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।