भीमफेदी कारागारमा एक कैदीबन्दीको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख ६, बुधबार १६:५४
file photo

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा आज बिहान एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका परियार आज बिहान १०ः४० बजेको समयमा एक्कासी आफै बहोस् भई ढलेका थिए ।

परियारको १२ः२० बजेको समयमा हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

मृतक परियार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ लोथर निवासी हुन् । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।