समाचार
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै,...
माओवादीको सचेतकमा रुपा सोशी चौधरी
काठमाडौं । नेकपा माओवादी केन्द्रको सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन् । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको हो । चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् । उनी कैलालीबाट प्रतिनिधित्व गछिन् । माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । विभागले बुधबार तीन वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू–भागमा आंशिक...
जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे...
अवैध अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ
काठमाडौं । अवैध अमेरिकी डलरसहित प्रहरीले सोमबार साँझ ९ जना नेपालीलाई पक्राउ गरेको छ । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको त्रिअबि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए । अर्का एक जना...
कोरोना संक्रमणका कारण १ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत् ७८ वर्षीय वृद्धको संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, ती वृद्ध गत चैत्र १९ गते अस्पताल भर्ना भएका थिए । भर्ना हुन आउँदै उनमा गम्भीर निमोनियाको समस्या...
माओवादी केन्द्रद्वारा पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले पाँच सदस्यीय कार्यदल गठन गरेको हो । बैठकले संसदीय दलको विधान संशोधनका लागि पार्टीका प्रमुख सचेतक हितराज पाण्डको संयोजकत्वमा प्रतिनिधि सभाका सांसदहरु पूर्ण घर्ती...
नयाँ वर्षको अवसरमा हेटौंडामा दौड प्रतियोगिता हुने
मकवानपुर । नयाँ वर्ष २०८० को अवसरमा हेटौंडामा खुला दौड प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुने भएको हो । बैैशाख ३ गते आइतबार बिहान हुने प्रतियोगितामा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्ति सहभागी हुन सक्नेछन् । प्रतियोगिता ५ किलोमिटर दूरीको हुनेछ । प्रतियोगितामा...
मकवानपुरका दुईसहित तीन जना प्रहरीको फन्दामा
पर्सा । पर्साबाट प्रहरीले लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरका २ जना र पर्साका एक जना गरी तीन जनालाई लागूऔषध चरेशसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्साको पटेर्वासुगौली गाउँपालिका–५ का ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का ३८ वर्षीय रमेश मोक्तान र...
५४ प्रतिशतले बढ्यो वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढेको जनाएको छ । मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले श्रम स्वीकृति लिनेको संख्या ५४ प्रतिशतले बढेको जानकारी गराएको हो । समीक्षा अवधिमा...









