समाचार
सेनाले माग्यो ४५०० जनशक्तिका लागि आवेदन
काठमाडौं । नेपाली सेनाले चार हजार ५०० जनशक्तिका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै सेनाले विभिन्न रिक्त पदका लागि जेठ ७ गतेभित्र आवेदन दिन सकिने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने १४ जेठसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । सेनाले खुलातर्फ...
त्रिविले बैशाख १० गतेको परीक्षा सार्यो
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही बैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ । बैशाख १० गते उप–निर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा एक सातापछि बैशाख १६ गतेका लागि सारेको हो । बैशाख १० गते तनहुँ–१, चितवन–२...
नक्कली नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ
बारा । नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । मावली हजुरबुवावाट वंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित तीन जनालाई पक्राउ गरेको हो । वडाध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन...
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, तराइमा हावाहुरीको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका...
उप–निर्वाचन लक्षित प्रचारप्रसारमा निषेध
काठमाडौं । यही बैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उप–निर्वाचनका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधि सभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको...
एकैदिन ३७९ स्थानमा डढेलो
काठमाडौं । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा गरी ३७९ स्थानमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागले जानकारी दिएको छ । विभाग अनुसार एकैदिन ३७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो...
१३ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्ह
काठमाडौं । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८० बैशाख ६ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका १३ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार एक कार्यक्रमबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका...
जिल्ला प्रशासन मकवानपुरले विदाको दिनमा पनि सेवा प्रवाह गर्ने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नेपाल सरकारले राजपत्रमा दिएको सार्वजनिक विदाको दिनहरुमा पनि सेवा प्रवाह गर्ने भएको छ । प्रशासले बिहीबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले गत चैत्र २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अन्तरगत दिएको सार्वजनिक विदाको दिनमा पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरु...
नेपाल–भारत सिमा नाका बन्द गरिने
बारा । बाराको क्षेत्र नम्बर २ मा यही बैशाख १० मा हुने उप–निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सिमा नाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले नेपाल–भारत सिमा नाका बन्द गरिने जानकारी गराएको हो । प्रशासनले एक सूचना जारी गर्दै ८ बैशाख शुक्रबार राति १२ बजेदेखि १० गते...
ट्रकको ठक्करबाट २ जनाको मृत्यु
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका– ६ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिञ्जोर पुल नजिक भएको दुर्घटनामा महोतरी गौसलाका काका–भतिजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५...










