समाचार
ढाकाकुमार श्रेष्ठबारे निर्णय लिन रास्वपाको बैठक जारी
काठमाडौं । सांसद ढाकाकुमार श्रेष्ठको २ करोड घुस मागेका अडियो प्रकरणबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक हाल जारी छ । पार्टी कार्यालयमा जारी बैठकले छानबिन प्रतिवेदनका आधारमा निर्णय गर्ने बुझिएको छ । यसअघि पार्टीको अनुशासन आयोगले श्रेष्ठसँग बयान लिएर प्रतिवेदन बनाएको थियो । उक्त...
१३ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । गृह मन्त्रालयलका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले एक सूचना जारी गर्दै बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार १२ जनपद प्रहरी...
सगरमाथामा तीन जना आरोही बेपत्ता
काठमाडौं । सगरमाथामा तीन जना शेर्पा आरोही बेपत्ता भएका छन् । उनीहरु बुधबार बिहान साढे ९ बजेदेखि हराइरहेको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए । हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बिचमा बेपत्ता भएका...
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घट्यो
काठमाडौं । मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या घट्न पुगेको छ । डिजिटल बैंकिङ प्रणालीको प्रयोग तथा उपभोग बढ्दै गएका बेला पहिलोपटक मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या घट्न पुगेको हो । नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो महिनाको तुलनामा फागुन मसान्तमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या ५ लाख ११ हजारले घटेको हो । पुस मसान्तसम्म...
कोभिड–१९ संक्रमणबाट थप एक जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै देशमा कोभिडबाट मृत्यु हुने कूल सङ्ख्या १२ हजार २२ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, असोज ८ गतेपछि पहिलो पटक मंगलबार कोभिड–१९ का कारण एक जनाको मृत्यु भएको थियो । मंगलबार...
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
रौतहट । रौतहटको गरुडामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीको गोली लागेर गजेन्द्र यादव घाइते भएका हुन् । दीपक यादव नेतृत्वको समूहले गरुडा नगरपालिका अगाडि गरेको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली उनी घाइते भएका हुन् । गोली यादवको काँखीमा लागेको बताइएको छ ।...
‘पहिचान नै सकिएपछि प्रदेश नामकरणको के अर्थ ?’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कोशी प्रदेश नामकरणको विरोधमा केही किराँती नेता र संस्थाहरुले चलाइरहेको आन्दोलनप्रति आफ्नो धारणा व्यक्त गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत यस्तो धाराण राखेका हुन् । किरातीहरुले खोजिरहेको पहिचानको आधार विस्तारै खस्कँदै गएको धारणा राख्दै उनले यसबारे गम्भीर बन्न...
नयाँ वर्षको अवसरमा टेलिकमको नयाँ अफर
काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने घोषणा गरेको हो । कम्पनीले रु.४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल...
कोरोना संक्रमित बढेसँगै तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संख्या बढेसँगै विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिक रुपमा कोरोना भाइरसको संक्रमितको संख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो...
बुधबार ९२ अंकले बढ्यो शेयर बजार
काठमाडौं । बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेकै दिन शेयर बजारमा हरियाली छाएको छ । आज एकैदिन ४.९३ प्रतिशतले बृद्धि भई ९२.२२ अंकले बढेको छ । आज कूल एक अर्ब ९७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै फाइनान्स समुह ६ प्रतिशतले बृद्धि भएको छ ।...










