समाचार
तनहुँ–१ मा ४८ प्रतिशत मत खस्यो
तनहुँ । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत तनहुँ–१ मा हाल मतदान जारी छ । तनहुँमा ४ बजेसम्म ४८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचनका कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार केहीबेर अघिसम्म ४८ प्रतिशत मत खसेको हो । तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन्...
उप–निर्वाचन : बारामा ४५ प्रतिशत मत खस्यो
बारा । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत बारा–२ मा हाल मतदान जारी छ । मतदानको समय एक घण्टा मात्रै बाँकी रहँदा बारा निर्वाचन क्षेत्र नम्बर २ मा ४५ प्रतिशत मत खसेको छ । आइतबार दिउँसो ४ बजेसम्ममा बारामा ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।...
आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज १८.८० अंकले घटेर १८८५ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता शेयर किनबेच हुँदा जम्मा ८२ करोड ८५ लाख...
निर्वाचन विथोल्न खोज्ने ७ जना प्रहरीको फन्दामा
बारा । बाराको देवताल गाउँपालिका वडा नम्वर ७ पिपरपातीमा निर्वाचन विथोल्न खोज्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाहिरी जिल्लाबाट आएर बारा २ मा निर्वाचन बिथोल्न खोजेको र १ जनाले नमुना मतपत्र बुथमा खसाल्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार उनीहरुलाई नियन्त्रणमा...
प्रचण्डको भ्रमण तालिका भारत सरकारसमक्ष प्रस्ताव
काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भ्रमणको मिति भारत सरकारसमक्ष प्रस्ताव गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर बैशाख ३१ र जेठ १ गते (मे १४–१५) मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयका एक सदस्यले बताए । यी दुई...
राष्ट्रिय सभाको बैठक बुधबार बस्दै
काठमाडौं । राष्ट्रिय सभाको बैठक आगामी बुधबार बस्ने भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले बुधबार दिउँसो १ बजेर १ बजे बस्ने गरी बैठक बोलाइएका हुन् । यसअघि बैशाख ५ गते सूचना टास गरी बैठक स्थगित गरिएको थियो । राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम...
बालिका बलात्कार आरोपमा युवक पक्राउ
दाङ । दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने २१ वर्षीय राम नेपालीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिकालाई ललाई फकाई गरी सोही ठाउँको खरबारीमा लगेर रामले जबरजस्ती करणी गरेको हो । रामलाई जिल्ला प्रहरी...
प्रतितोलामा ९०० रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ घटेको जनाएको छ । आज साताको पहिलो कारोबार दिन तोलामा ९०० रुपैयाँले घटेको महाशाखाले जानकारी गराएको हो । भाउ घटेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८००...
मोदी इनर्जीले बैशाख १९ देखि आईपीओ खुल्ला गर्ने
काठमाडौं । मोदी इनर्जीले यही बैशाख १९ गतेदेखि सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा गएकाहरूका लागि ५९ लाख ९५ हजार कित्ता शेयर बिक्री खुलाउन लागेको हो । जारी पुँजी २ अर्ब ९० करोडको १५ प्रतिशत शेयर सर्वसाधारणलाई...
प्रतिनिधि सभा सदस्य उप–निर्वाचन : कहाँ कति मत खस्यो ?
मकवानपुर । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत आज तीन वटा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । आज चितवन–२, बारा–१ र तनहुँ–१ मा मतदान जारी रहेको छ । चितवन क्षेत्र नम्बर २ मा भइरहेको उप–निर्वाचनमा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले बिहान १०...










