आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज १८.८० अंकले घटेर १८८५ को विन्दुमा कायम भएको छ ।
यस्तै, आज नेप्सेमा सूचीकृत २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता शेयर किनबेच हुँदा जम्मा ८२ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् ।
