राष्ट्रिय सभाको बैठक बुधबार बस्दै

तु खबर संवाददाता
२०८० बैशाख १०, आईतवार १५:५०
file-photo

काठमाडौं । राष्ट्रिय सभाको बैठक आगामी बुधबार बस्ने भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले बुधबार दिउँसो १ बजेर १ बजे बस्ने गरी बैठक बोलाइएका हुन् ।

यसअघि बैशाख ५ गते सूचना टास गरी बैठक स्थगित गरिएको थियो । राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम बैठक निर्धारण भएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।