प्रतितोलामा ९०० रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ घटेको जनाएको छ । आज साताको पहिलो कारोबार दिन तोलामा ९०० रुपैयाँले घटेको महाशाखाले जानकारी गराएको हो ।
भाउ घटेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।
