समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ...

बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

बारा । बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दैछ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ । आइतबार सम्पन्न उप–निर्वाचनको मतपेटिका सङ्कलन राति नै सकिएको र सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । सर्वदलीय बैठकले गर्ने निर्णयको...

उप–निर्वाचन : तनहुँ १ मा १३ हजार मत गन्दा रास्वपाको अग्रता

काठमाडौं । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उप–निर्वाचनको मतगणना हाल जारी छ । गएराति ११ः४५ बजेदेखि सुरु भएको मतगणना आज बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना भएको छ । उक्त मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा.स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले...

‘सुशासन तथा समृद्दिको पथमा अघि बढ्न लोकतन्त्र दिवसले सबैलाई प्रेरित गरोस्’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मनाइँदै गरिएको लोकतन्त्र दिवसले सुशासन तथा समृद्दिको पथमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भनि शुभकामना दिएका छन् । प्रदेश प्रमुख शर्माले सोमबार १७ औं लोकतन्त्र दिवसको अवसरमा एक सन्देश जारी गर्दै देश र जनतालाई सर्वोपरी ठानी लोकतन्त्रलाई दिगो र दरिलो...

तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रतिवेदन पेश

मकवानपुर । बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न बनेको तयारी समितिले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष प्रतिवेदन पेश गरेको छ । आइतबार मुख्यमन्त्री कार्यालयमा समितिका संयोजक एवम् सामाजिक विकासमन्त्री कुमारी मोक्तान र समितिका विज्ञ सदस्यहरु अमृत कुमार योञ्जन, ओमकार्यश्वर श्रेष्ठले एक कार्यक्रमबीच मुख्यमन्त्री जम्मकट्टेललाई...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी लागूऔषधसहित विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ सय २० मिलिग्रामसहित आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ ।...

आचारसंहिता उल्लंघन गरेको आरोपमा रवि लामिछानेविरुद्ध उजुरी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा उजुरी परेको छ । चितवन निर्वाचन क्षेत्र नम्वर २ को उप–निर्वाचनका क्रममा आचारसंहिता उल्लघंन गरेको भन्दै लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । उनीविरुद्ध नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले...

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले (कक्षा १०) माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु गरेको जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा र आइतबारदेखि अधिकांश परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण सुरु भएको जानकारी दिए । कार्यालयले ५० भन्दा बढी परीक्षण...

उप–निर्वाचन : तीनवटै क्षेत्रमा मतदान समय सकियो

काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत तीन वटै क्षेत्रमा मतदान समय सकिएको छ । चितवन–२, बारा–२ र तनहुँ १ को उप–निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश...

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १ हजार ३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर...