समाचार

शताब्दी पुरुष सत्यमोहन जोशी पत्नीको निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । १०० वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, शनिबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन...

एकीकृत समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था मिलाएको छ । समाजवादीले मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको हो । सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन समय निर्धारण गरिएको उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।...

लाइसेन्सको काम तीन दिनदेखि ठप्प

काठमाडौं । सरकारको बेवास्ताका कारण सवारीचालक अनुमतिपत्रपत्र (लाइसेन्स) को काम तीन दिनदेखि प्रभावित बनेको छ । लाइसेन्सका लागि प्रयोग गरिने प्रणाली (सिस्टम) मा आएको समस्याका कारण तीन दिनदेखि नयाँ लाइसेन्स लिने र नवीकरणको काम ठप्प बन्न पुगेको हो । पटकपटक देखिने यस्तो समस्याका कारण सेवाग्राही समस्या पर्दै आएका छन्...

आज यी स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले यति वेला देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी...

‘नयाँ वर्षले नयाँ अवसर र सम्भावनाको क्षितिज खोल्न सकोस्’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० ले नयाँ अवसर र सम्भावनाको क्षितिज खोल्न सकोस् भनि शुभकामना दिएका छन् । प्रदेश प्रमुख शर्माले एक सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूमा सुख, शान्ति संमृद्धि र सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गरेका हुन्...

आजबाट माओवादीका मन्त्रीहरुलाई पेरिसडाँडामा भेट्ने

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आजबाट हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् । माओवादी केन्द्रले २०८० साल बैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेकाहरुलाई केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था मिलाउने निर्णय यसअघि गरेको थियो । सोही अनुसार...

आजदेखि २०८० साल सुरु

काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदै छ । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान...

सुख्खा पहिरोमा पुरिएर १ मजदुर ज्यान गयो

काभ्रेपलाञ्चोक । सुख्खा पहिरोमा पुरिएर पाँचखाल–८ चिसापानीमा १ जना मजदुरको ज्यान गएको छ भने अरु २ जना घाइते भएका छन् । ज्यान जानेमा सोलुखुम्बु नेचासल्यान २ घर पाँचखाल ८ चिसापानी बस्ने २३ वर्षका कुशल नेपाली रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । पाँचखाल नगरपालिका वडा नं. ८ चिसापानीस्थित...

स्थानीय तह : एक वर्षको बेरूजु ४२ अर्ब ८८ करोड

काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय तहको बेरुजु ४२ अर्ब ८८ करोड ९ लाख रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार ७ सय ४९ स्थानीय तहको ११ खर्ब २ अर्ब ६ करोड ५७ लाख रुपैयाँको लेखापरीक्षणबाट यस्तो बेरुजु पाइएको उल्लेख छ ।...