उप–निर्वाचन : तनहुँ १ मा १३ हजार मत गन्दा रास्वपाको अग्रता
काठमाडौं । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उप–निर्वाचनको मतगणना हाल जारी छ ।
गएराति ११ः४५ बजेदेखि सुरु भएको मतगणना आज बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना भएको छ । उक्त मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा.स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार, रास्वपाका डा.वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार ७५७ मत खसेको थियो ।
