समाचार
कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन अनुरोध गरेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन सबैलाई आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएमा सिकिस्त...
कमल थापाको निर्वाचन खर्च साढे १५ लाख
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । अध्यक्ष थापाले रु १५ लाख ३७ हजार ३४० रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् । गत मंसिर ४ गते...
प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । संसदीय समितिको भागबण्डा, टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा तीन दलका शीर्ष नेताबीच छलफल भइरहेको हो । छलफलमा एमाले उपाध्यक्ष...
बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै
बारा । बारा क्षेत्र नम्वर २ को मतगणना जारी रहेको छ । जारी मत गणनामा दुई मतदान केन्द्रको मतपरिणाम सार्वजनिक भएको छ । २ हजार ५१७ जना मतदाता रहेकोमा १ हजार ७१७ मत खसेको थियो । जसमा जसपाका उम्मेदवार उपेन्द्र यादवले ५१३ मतका साथ अग्रता कायमै राखेका छन् ।...
तनहुँ–१ मतगणना : ६,८३८ मतले वाग्ले अगाडि
तनहुँ । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत तनहुँ–१ मा हाल मतगणना जारी छ । मत गणनाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेको अग्रता कायमै राखेका छन् । उनले ६ हजार ८३८ मतले अग्रता कायम गरेका हुन् । २२ वडाको ३१ हजार २१९ मतगणना गर्दा वाग्लेले...
बारा–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु हुने
बारा । बारा–२ मा सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । मतगणना उत्तरतर्फ रहेको कोहल्वी नगरपालिका वडा नम्वर ८ बाट सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत आइतबार तीन वटा...
लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका...
अनधिकृत छापिएका पात्रो नियन्त्रण गर्न गृहको परिपत्र
काठमाडौं । अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक विदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई...
सन्दीप लामिछानेविरुरुद्धको मुद्दाको आज सुनवाइ हुने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । नाबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाई काठमाडौं जिल्ला अदालतमा आज हुने भएको हो । चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ...










