समाचार
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय भवनमा आज दिउँसो १ बजे बस्ने भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धि तीन वटा विधेयक पेस गरिनेछ । त्यसैगरी, बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान...
जङ्गली हात्तीको आक्रमणबाट वृद्धको ज्यान गयो
सिरहा । सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गएराति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आले मगरको ज्यान गएको हो । नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर...
गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम, नेपाली सेनाद्वारा डिस्पोज
बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ । जिल्लाको सियारी–४ दयानगर छपियास्थित अध्यक्ष घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अध्यक्ष घिमिरेले १० बजेतिर घरबाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अवस्थामा...
आगोले जलेर शाहीको मृत्यु
गुल्मी । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सत्यवती गाउापालिका–४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, घाँस काट्ने क्रममा खरेनमा लागेको आगोमा परी घाइते भएको अवस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । उपचारको...
बैशाख ११ गतेदेखि खोप सप्ताह सुरु हुने
काठमाडौँ । यही बैशाख ११ देखि १७ गतेसम्म देशैभर खोप सप्ताह हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार, लगाउन छुटेका सबै बालबालिकालाई खोप...
नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाशको बयान
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनलाई नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बयान दिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा उनले गल्तीले गोली चलेको बताएको नेपाल प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए । शुक्रबार नयाँ वर्षको अवसरमा बालुवाटारस्थित तीर्थमाली...
भीरबाट झरेको ढुङ्गाले लागेर सञ्जयको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा भीरबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार, आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा...
मधेशमा आज जुडशीतल मनाइँदै
जनकपुरधाम । नव वर्षको स्वागतमा मिथिलासहित मधेश प्रदेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । प्रत्येक वर्षको बेशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा (टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ । बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद...
गोली लागेर वर्षमान पुनकी आमा घाइते
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा गोली लागेर घाइते भएका छन् । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएकी उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ...
लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट शुक्रबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको तनहुँ र बाँके जिल्लाबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । तनहुँको आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १० किलो ३ सय ५५ ग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ...









