लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

तु खबर संवाददाता
२०८० बैशाख ११,सोमबार ०९:२५
file-photo

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था रहेको छ  । सोही व्यवस्था अनुसार, मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनी प्रदेशमा ८७ सांसद रहेका छन् । बहुमत सरकारका लागि ४४ मत आवश्यक पर्दछ । तर, एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

यो अंकगणित अनुसार एमालेका मुख्यमन्त्रीले गिरीले ३३ मतमात्रै पाउने देखिन्छ । सरकार टिकाउन आवश्यक ४४ मत पुर्याउन नसके गिरी नेतृत्वको सरकार ढल्ने छ ।