तनहुँ–१ मतगणना : ६,८३८ मतले वाग्ले अगाडि
तनहुँ । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत तनहुँ–१ मा हाल मतगणना जारी छ । मत गणनाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेको अग्रता कायमै राखेका छन् ।
उनले ६ हजार ८३८ मतले अग्रता कायम गरेका हुन् । २२ वडाको ३१ हजार २१९ मतगणना गर्दा वाग्लेले १५ हजार ९५८ मत प्राप्त गरे ।
यस्तै, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० मत प्राप्त गर्दा नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ मत प्राप्त गरेका छन् ।
