समाचार
ए डिभिजन लिग अन्तरगत आज तीन खेल हुँदै
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । जसमा दुई खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३ बजे सुरु...
अवैध लागूऔषधसहित एक जना पक्राउ
बर्दिया । प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको गोडीचार गाउँपालिका–४ बस्ने २४ वर्षीय केशव नेपाली रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई फुटाहास्थित संयुक्त चेक पोष्टमा जाँच गर्ने क्रममा...
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
नेपालमा समस्या देखिएको विमान दुबईमा सफल अवतरण
काठमाडौं । काठमाडौं विमानस्थलबाट टेकअफ गर्ने बित्तिकै समस्या देखिएको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ । फ्लाई दुबईको ५७६ एफजेड उडान नम्बरको जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२:११ बजे सफल अवतरण भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै ठुलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि...
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान १० बजे बस्ने भएको हो । सोमबारबाट जारी बैठकमा आर्थिक बर्ष २०८०/८१ को बजेटका सन्दर्भमा छलफल भइरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकले जानकारी दिए । सोमबारको बैठकमा दलको नेता शेरबहादुर देउवाले...
आज विश्व औलो दिवस मनाइँदै
काठमाडौं । आज विश्व मलेरिया (औलो) दिवस । ‘शून्य मलेरिया प्रदान गर्ने समयः लगानी, आविष्कार, कार्यान्वयन’ भन्ने नाराका साथ विश्वभरी मनाइँदै छ । लामखुट्टेको टोकाइबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ‘औलो’ विरुद्धको दिवस संसारभर प्रत्येक वर्ष २५ अप्रिलमा मनाइने गरिन्छ । यसबारे सचेतनाका लागि आज संसारभरी विभिन्न जनचेतनामूलक कार्यक्रम...
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै, दिउँसो...
तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले भारी मतले निर्वाचित
तनहुँ । प्रतिनिधि सभा सदस्य उप–निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७०० मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा...
चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि
काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका...
बारा २ मा उपेन्द्रले कटाए १० हजार मत
बारा । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । जसपाका अध्यक्ष समेत रहेका उनले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग मतान्तर बढाउँदै लगेका हुन् । पछिल्लो मतपरिणाम अनुसार उनले १० हजार मत कटाएका छन् । उनले १० हजार १९९...










