समाचार

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको संसद सचिवालयले जनाएको छ । यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।

उप–निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृती प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १० गते हुने उप–निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृती प्रदान गरेका छन् ।राष्ट्रपतिले सुरक्षा परिषद्को सिफारिस र प्रधानमन्त्रीको पत्रको आधारमा सेना परिचालन गर्न स्वीकृती प्रदान गरेका छन् । उप–निर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ सेना परिचालनसम्बन्धी...

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके । बाँके प्रहरीले लेनदेन मुद्दाको फरार प्रतिवादी एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्तीसोनारी गादछपालिका वडा नम्वर ८ बस्ने ५५ वर्षीय जित बहादुर बुढाथोकी रहेका छन् । जिल्ला अदालत बाँकेको २०७९ चैत २७ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका...

बैशाखमा तीन कम्पनीले आइपीओ निष्काशन गर्ने

काठमाडौं । बैशाखमा तीन कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । बैशाख महिनामै सिटी होटल, मेन्छियाम र माई खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो । मेन्छियाम हाइड्रोपावरले बैशाख ४ गते सोमबारदेखि आइपीओ निष्काशन गदैछ । कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६...

प्रतिनिधि सभा बैठकबाट शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले उनको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका...

दोस्रो कार्यकालको लागि सापकोटाले लिए संचार रजिष्ट्रारको शपथ

मकवानपुर । बागमती प्रदेश सरकारको प्रदेश सञ्चार रजिष्ट्रारको पदमा दोस्रो कार्यकालका लागि रेवती सापकोटाले आइतबार पद तथा गोपनीताको शपथ लिएका छन् । पहिलो कार्यकाल पूरा गरेका सापकोटालाई गत चैत्र २८ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पुनः दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेश सन्चार माध्यमसम्बन्धी...

तामाङ सेलो ‘खाल्दा निबारी’ सार्वजनिक (भिडियोसहित)

मकवानपुर । मकवानपुरको विभिन्न भागमा छायांकन गरिएको तामाङ सेलो ‘खाल्दा निबारी’ सार्वजनिक भएको छ । उक्त तामाङसेलो सिन्धुपाल्चोकका गायक आश्मान लोप्चनकोको समूहले ओपेरा डिजिटल युट्युब च्यानलबाट बैशाख १ गते सार्वजनिक गरेको हो । आस्श्मान लोप्चनसँगै यो गीतमा रोस्ना लुङ्बाको मीठासपूर्ण स्वर रहेको छ भने कलाकार बिक्रम लुङ्बा र बिन्दु...

आइतबार शेयर बजारमा गिरावट

काठमाडौं । आज साता शेयर कारोबार अर्थात नयाँ सालको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से २.८० अंकले घट्दा १९३१.६८ को विन्दुमा कायम भएको छ । आज चार उपसूचक बाहेक सबै कम्पनीको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल र टुरिजमको उपसूचक बढेको छ। आज...

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।...

एकीकृत समाजवादीद्वारा सरकारमा चपाईंलाई पठाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई सरकारमा पठाउने भएको छ । उनलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनाउने भएको हो । राष्ट्रिय सभा सदस्य चपाईं सुर्खेत निवासी हुन् । यसअघि गत चैत्र १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी...