आज विश्व औलो दिवस मनाइँदै
काठमाडौं । आज विश्व मलेरिया (औलो) दिवस । ‘शून्य मलेरिया प्रदान गर्ने समयः लगानी, आविष्कार, कार्यान्वयन’ भन्ने नाराका साथ विश्वभरी मनाइँदै छ ।
लामखुट्टेको टोकाइबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ‘औलो’ विरुद्धको दिवस संसारभर प्रत्येक वर्ष २५ अप्रिलमा मनाइने गरिन्छ । यसबारे सचेतनाका लागि आज संसारभरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै औँलो दिवस मनाइँदै छ ।
नेपालमा पनि स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ–संस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरेर यो दिवसको बारेमा जानकारी फैलाउने गर्दछन् ।
यसको रोकथाम गर्न समयमा खोप, आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्वपूर्ण मानिएको छ ।
