अवैध लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख १२, मंगलवार १०:२४
सांकेतिक तस्बिर

बर्दिया । प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्लाको गोडीचार गाउँपालिका–४ बस्ने २४ वर्षीय केशव नेपाली रहेका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई फुटाहास्थित संयुक्त चेक पोष्टमा जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।