बारा २ मा उपेन्द्रले कटाए १० हजार मत
बारा । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । जसपाका अध्यक्ष समेत रहेका उनले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग मतान्तर बढाउँदै लगेका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार उनले १० हजार मत कटाएका छन् । उनले १० हजार १९९ मत पाउँदा कुशवहाले ६ हजार ८०६ मत पाएका छन् ।
यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ११ तथा रास्वपाका उम्मेदवार रमेश खरेलले १ हजार ४५१ मत पाएका छन् ।
रास्वपाले चितवन र तनहुँमा सानदार मत पाएकामा बारामा भने मतपरिणामको रुझानअनुसार आकर्षण देखिएको छैन । खरेल जारी मतगणनामा चौथो स्थानमा परेका हुन् ।
