समाचार

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले यही बैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार १ हजार ४५३ परीक्षा केन्द्र रहने छन् । परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको...

बारा २ बाट जसपाका उपेन्द्र यादव विजयी

जनकपुरधाम । प्रतिनिधि सभा उप–निर्वाचन अन्तरगत बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका...

मकवानपुरमा दुई घर जलेर नष्ट, १० लाखको क्षति

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ मा आज बिहान दुई वटा घरमा आगलागी भएको छ । बिहान ११ बजेको समयमा स्थानीय गहिराम प्रजाको काठ, ढुङ्गा, माटो र खरले बनेको १ तले दुई वटा घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, आगलागीबाट...

देशभर १३६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३६ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा १ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ । सोही अवधिमा ६४ जना संक्रमणमुक्त भएका...

रहेन ढाका कुमार श्रेष्ठको सांसद पद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको आजदेखि स्थान रिक्त भएको छ । सभामुख देवराज घिमिरेले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सो कुराको जानकारी गराएका हुन् । एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले कारबाही गरेको पत्र...

चितवन–२ मा रवि लामिछाने विजयी

काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गरे । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको...

होटलमा एक जना मृत भेटिए

धनगढी । कैलालीको अत्तरियास्थित एक होटलमा बास बसेका एक जना मृत अवस्थामा भेटिएका छन् । मृत अवस्थामा फेला पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका–३ का अन्दाजी ४५ वर्षीय मोहन सिंह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी गोदावरी नगरपालिका–१ अत्तरिया बसपार्कमा रहेको न्यू सत्कार होटलमा बैशाख १० गते कोठा लिएर...

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२, ७३, ७४, ७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा संचालनको तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९...

सिंगापुर पठाइदिन्छु भन्दै साढे ६ लाख ठगी, एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा सिंगापुर पठाएर होटेलमा काम लगाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भई हाल काठमाडौंको नयाँ बसपार्क बस्ने ओमनाथ मैनाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मैनालीले मीनबहादुर रानालाई प्रलोभनमा पारी ६ लाख ४०...

फ्लाई दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको सूचना सम्प्रेषण गर्ने दुई कर्मचारीको पास रोक्का गरेको छ । प्राधिकरणले नेपालस्थित फ्लाइ दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का गरेको हो । कुनै प्रमाण र अध्ययन विना फ्लाइटमा चरा ठोकिएको र...