समाचार

करेन्टले लियो शिक्षकको ज्यान

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ । करेन्ट लागेर बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक रोकाया विद्यालयबाट फर्किँदै...

बैशाखभर भर्ना अभियान संचालन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही बैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान संचालन गर्न स्थानीय तह र विद्यालयहरूलाई आह्वान गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान स् गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने आदर्श वाक्यसहित शैक्षिकसत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम संचालन...

आजबाट मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आज (बैशाख ४ गते) देखि आईपीओ खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणको लागिआईपीओ खुल्ला गरेको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको...

रवि लामिछानेका गाडी चालक गम्भीर घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् । सोमबार विहान ४ बजेतिर लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका–११ को ३ तले घरको छतबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका...

विदेश पठाइदिन्छु भनेर ६६ लाख ठगी, २ जना पक्राउ

काठमाडौं । इटाली, दक्षिण कोरिया लगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रिनलिफ इन्टरनेशनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एण्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षका सुधन कुमार शाही र म्यानेजिङ डिरेक्टर अनिल श्रेष्ठ रहेका छन्...

हेटौंडा रनको उपाधि उमेश गोङ्बालाई

मकवानपुर । हेटौंडा रनको उपाधि उमेश गोङ्बाले जितेका छन् । दौडमा प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी २० मिनेट ४ सेकेन्डमा पूरा गर्दै गोङ्बा च्याम्पियन भएका हुन् । उनले उपाधिसँगै नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।त्यस्तै, २० मिनेट १० सेकेन्डमा दुरी पार गरेका सञ्जिब मिजार द्वितीय भए भने...

मकवानपुरका लामा र स्याङ्तान पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभारबाट गाडी र सवारी साधनको पाटपुर्जाहरु पनि चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका– २ का २८ वर्षीय अशोक लामा र थाहा नगरपालिका–१२ का २३ वर्षीय किरण स्याङतान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, गत...

निमावि तहको ११६७ शिक्षकका लागि ७५ हजारको आवेदन

काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहको १ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ । आयोगका अनुसार, सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको छ । नेपाली विषयको ९१ पदका लागि २४ हजार १६४ आवेदन परेको छ । यस्तै, अंग्रेजी विषयको १५३...

सशस्त्रका सहायक हवल्दारले चलाए आफैंमाथि गोली

दाङ । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–८, टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार, गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु...

जीप दुर्घटना हुँदा चालकको मृत्यु, सात घाइते

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सात यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, दुलेगौडाबाट पिउरी दोभानतर्फ...