चितवन–२ मा रवि लामिछाने विजयी
काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने विजयी भएका छन् ।
लामिछानेले ५४ हजार २७६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गरे । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।
यस्तै, एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत प्राप्त गरे । चितवन क्षेत्र नं. २ मा १० गते भएको उप–निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।
