समाचार
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आज बेलुका ४ बजे बस्ने भएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो । आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । अब हरेक मंगलबार मात्रै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । यसअघि हप्ताको दुई दिन सोमबार...
ए डिभिजन लिगमा आजबाट दसौँ चरणको खेल हुने
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दसौँ चरणको खेल सुरु हुने भएको छ । जसअनुसार आज दुई खेल हुनेछन् । पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो ३ बजे सुरु हुनेछ । यस्तै, अर्को खेलमा मनाङ...
तीन जना लागूऔषध कारोबारी पक्राउ
मोरङ । लागूऔषध खैरोहेरोइन (ब्राउन सुगर) को कारोबारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उर्लाबारी नगरपालिका–३ केर्खाली चोकमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विश्वास धिमाल, २२ वर्षीय आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्का रहेका छन्...
बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क
काठमाडौं । नेपाली बालबालिकाले क्यान्सरको औषधि निःशुल्क पाउने भएका छन् । बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गरेका क्यान्सरपीडित...
हेटौंडा औद्योगिक क्षेत्रभित्रको सडक स्तरोन्नतिसहित कालोपत्रे हुँदै
मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रभित्र लामो समयदेखि जीर्ण बनेको सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कपडा उद्योगदेखि खाद्य उद्योगसम्म र कमाने गेटदेखि त्रिमूर्ति प्लास्टोसम्मको सडकखण्ड कालोपत्रे गर्न लागेको हो । उक्त क्षेत्रमा रहेको १ हजार ५०० मिटर जीर्ण सडक पुनर्निर्माणका क्रममा कालोपत्रे गर्ने...
प्रधानमन्त्री प्रचण्ड आज मकवानपुर आउँदै
हेटौंडा । नेपाल सरकारका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार मकवानपुर आउँदै छन् । उनी निर्माणाधीन काठमाडौँ–तराई मधेश दु्रतमार्गको स्थलगत अवलोकनका लागि मंगलबार मकवानपुर आउन लागेका हुन् । प्रचण्ड विहान ११ बजे बकैया गाउँपालिका वडा नम्वर–५ आइपुग्ने र सो क्षेत्रस्थित दु्रतमार्गको अवलोकन गर्ने नेकपा माओवादी...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रिय सभाबाट...
सिटी होटलको आइपीओमा आवेदन दिने आज अन्तिम मिति
काठमाडौं । सिटी होटलको आईपिओमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । होटलले चैत्र २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो । होटलले सर्वसाधारणको लागि भने बैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । उक्त आईपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले...
आज यी पाँच प्रदेशमा क्षणिक वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ...
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार बस्ने गरी बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार, बैठक बैशाख ८ गते शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठक आव्हान गरिएको हो ।...










