समाचार

सडेको अवस्थामा शव फेला

गुल्मी । गुल्मीमा बेवारिसे अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गुल्मी प्रहरीका अनुसार, उक्त शव नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा फेला परेको हो...

यी हुन् खर्च विवरण पेस नगर्ने उम्मेदवारहरू (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । आयोगले आज एक सूचना सार्वजनिक गर्दै उम्मेदवार र संलग्न पार्टीको नाम तोकेर सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।खर्च...

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना रुस जाँदै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन् । रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी आज रुस जान लागेका हुन । बिहान १० बजे रुस तिर प्रस्थान गर्ने उनको टोलीमा ८ जना सदस्य रहनेछन् । अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि...

कर्णाली प्रदेश : कांग्रेसबाट सिफारिस मन्त्रीको आज शपथ

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार सिफारिस गरिएका नेपाली कांग्रेसका तीन जना मन्त्रीको शपथ आज हुँदैछ । मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी कृष्ण कुमार बिसी, खड्ग बहादुर पोखरेल र बेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको हो । सिंहले आर्थिक...

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ...

निजामती सेवामा ५० हजार दरबन्दी रिक्त

काठमाडौं । सरकारले समयमा नै पदपूर्ति प्रक्रिया सम्पन्न गर्न नसक्दा निजामती सेवामा ५० हजार दरबन्दी रिक्त रहेको पाइएको छ । जसअनुसार संघ, प्रदेश र स्थानीय तहमा गरी कुल दरबन्दी १ लाख ३६ हजार १ सय २२ रहेकोमा ५० हजार ४ सय ६६ पद रिक्त छन् । बाँकी ८५ हजार...

आजबाट देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र भोली देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ वर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला...

आज यी पाँच प्रदेशमा क्षणिक वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखी सामान्यतया बदली रहने छ । गण्डकी, कर्णाली र...

मन्त्रिपरिषद् बैठक : राष्ट्रिय परिचयपत्रबारे रवि लामिछानेले गरेको निर्णय खारेज

काठमाडौं । राष्ट्रिय परिचयपत्रबारे पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय खारेज गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले जानकारी दिए । ‘तत्कालीन गृहमन्त्री लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज भएको छ’ ती अधिकारीले भने, ‘ठेक्का पाउने कम्पनीको इजाजत पनि...

सिंहदरबारको फोहोर नउठाएको रिटमा मंगलबार सुनुवाइ भएन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुन सकेन । अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो । तर, उक्त रिट आज हेर्न नभ्याइनेमा राखिएको हो ।...