समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज सपथ लिँदै

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिने भएका छन् । नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपरान्ह १२ बजे पद तथा गोपनीयताका सपथ लिने भएका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको सपथ गराउने छन् ।...

बिहीबार स्थगित भएको राष्ट्रिय सभा बैठक आज बस्दै

काठमाडौं । बिहीबार स्थगित भएको राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो । बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित भएको थियो । यसअघि हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको...

एमालेले संसदीय समितिमा रहने सांसदहरूको नाम बुझायो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझाएको छ । प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् । नामावली अनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा केपी शर्मा...

श्रीमतीको हत्या गरेर भागेका १८ वर्षपछि पक्राउ परे गोपाल

काठमाडौं । श्रीमतीको हत्यापछि फरार भएका आरोपीलाई केन्द्रीय अनुसन्धान ब्युरोले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–स्थित बुद्धनगर घर भएका खुमे दर्जी उर्फ गोपाल रहेका छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । २०६१ मंसिरमा दर्जीले चिर्पट प्रहार गरेर ४० बर्सिया...

आज देशका पहाडी भू–भागमा क्षणिक वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश, मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा संघीय संसद् अन्तर्गतका संयुक्त तथा प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिका सदस्यहरूको नाम भने मनोनयन हुने भएको छ । आज सांसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ...

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्पको धक्का महसुस

बाजुरा । बाजुराको दहकोट केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएका छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गएराति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्पको धक्का महसुस भएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा ४.९, राति १ बजेर ३० मिनेट...

थप १११ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप एक जनाको मृत्‍यु भएको हो । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार ५१७ जनाको नमुनामध्‍ये १ हजार ४० जनाको पीसीआर परीक्षण...

वीरगञ्जबाट हेटौंडा आउँदै गरेको सुमोमा लागूऔषध बरामद, एक जना पक्राउ

बारा । बाराको जितपुरसिमारा उपमहानगरपालिका–२१ स्थित सडकबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोइन २०० ग्रामसहित भारत गोरखपुर खजुरी पंचायत बस्ने ६० वर्षीय संतोष कुमार त्रिपाठीलाई बिहीबार बिहान पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुािर, विशेष सूचनाको आधारमा वीरगंजबाट हेटौंडातर्फ आउँदै...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेले...