समाचार

१६ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका १६ जना मोतियाविन्दु भएका बिरामीको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा उनीहरुको शल्यक्रिया गरिएको हो । गएको चैत्र २९ गते कैलाश गाउँपालिका वडा नम्वर–३ कालिकाटारमा आयोजना गरिएको आँखा शिविरमा १८६ जना आँखाका विरामीको परीक्षण गरिएकोमा २१ जनामा मोतियाविन्दु देखिएको...

तरूण दलद्वारा उप–निर्वाचनका लागि प्रतिनिधि खटायो

काठमाडौं । आसन्न बैशाख १० मा हुने उप–निर्वाचनका लागि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको छ । उप–निर्वाचनमा कांग्रेस र वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्न तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको हो । बारा–२ मा अशोक झा र विवेक चौरसियालाई प्रतिनिधि टाइएको तरूण दल...

ए डिभिजन लिग अन्तरगत आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुँदैछ । आज हुने दशौँ चरणका अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो...

उप–निर्वाचन : आज रातिबाट मौन अवधि सुरु

काठमाडौं । उप-निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ । आज राति १२ बजेबाट प्रचार–प्रसार गर्न नपाइने गरी मौन अवधि लागू हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचार–प्रसार गर्न पाइँदैन । आगामी बैशाख १० गते बारा क्षेत्र...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम...

आज सूर्यग्रहण लाग्ने, नेपालबाट नदेखिने

काठमाडौं । वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । बिहान ७ बजेर ४० मिनेटबाट सुरु भएको ग्रहण दिउँसो १२ बजेर २९ मिनेटसम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे ५ घण्टा छ । यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ । यो सूर्यग्रहण नेपालमा भने देखिने छैन । नेपालबाट ग्रहण नदेखिने भएकोले...

आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औँसी

मकवानपुर । आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औँसी देशैभर मनाइँदै छ । बैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउने गरिन्छ । आज जन्म दिने आमालाई सम्मान गरेर यो पर्व मनाउने प्रचलन छ । टाढा भएका सन्तान आफ्नो आमालाई भेट्न आउने, मिठो मसिनो...

प्रतिनिधि सभाको अर्को बैठक बैशाख १२ गते बस्ने

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक यही बैशाख १२ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको छ । आज बसेको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेश्रो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । सो विधेयकमाथि प्रतिनिधि सभा...

महालेखा परीक्षक कार्यालयद्वारा प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष महालेखा परीक्षक कार्यालयले आज बुधबार पाँचौं वार्षिक प्रतिवेदन पेश गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको काम कारबाही समेटिएको वार्षिक प्रतिवेदन महालेखाका नायव महालेखापरीक्षक बालकृष्ण थापाले एक कार्यक्रमबीच प्रदेश प्रमुख शर्मासमक्ष पेश गरेका हुन् । नेपालको संविधानको धारा...

भीमफेदी कारागारमा एक कैदीबन्दीको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा आज बिहान एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका परियार आज बिहान १०ः४० बजेको समयमा...