समाचार

१२ वटा आंगिक क्याम्पसमा त्रिविले स्ववियु निर्वाचन नगर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउन नसकिने जनाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले अब बाँकी कलेजमा निर्वाचन गराउन नसकिने जानकारी दिए । उपत्यकाका ४ सहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । जसमा...

सहकारी फोडेर सात लाख चोर्ने तीन जना जेल चलान

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले सहकारी तोडफोडको आरोपमा पक्राउ परेका ४ जनामध्ये ३ जना जेल चलान भएको जानकारी दिएको छ । मोरङको ग्रामथान २ मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको डोका फोडेर सात लाख ७७ हजार चोरी गरेको आरोपमा ३ जना जेल चलान भएका हुन् ।...

डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको डढेलो निभाउने क्रममा जलेर मृत्यु भएको हो । पाल्पामा उपचारको क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले...

माई खोला हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला

काठमाडौं । माई खोला हाइड्रोपावरले आजदेखि आईपिओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले सर्वसाधारणका लागि आईपिओ बिक्रीमा ल्याएको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो । कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१...

सेनाले माग्यो ४५०० जनशक्तिका लागि आवेदन

काठमाडौं । नेपाली सेनाले चार हजार ५०० जनशक्तिका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै सेनाले विभिन्न रिक्त पदका लागि जेठ ७ गतेभित्र आवेदन दिन सकिने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने १४ जेठसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । सेनाले खुलातर्फ...

त्रिविले बैशाख १० गतेको परीक्षा सार्‍यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही बैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ । बैशाख १० गते उप–निर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा एक सातापछि बैशाख १६ गतेका लागि सारेको हो । बैशाख १० गते तनहुँ–१, चितवन–२...

नक्कली नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

बारा । नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । मावली हजुरबुवावाट वंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित तीन जनालाई पक्राउ गरेको हो । वडाध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन...

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, तराइमा हावाहुरीको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका...

उप–निर्वाचन लक्षित प्रचारप्रसारमा निषेध

काठमाडौं । यही बैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उप–निर्वाचनका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधि सभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको...

एकैदिन ३७९ स्थानमा डढेलो

काठमाडौं । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा गरी ३७९ स्थानमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागले जानकारी दिएको छ । विभाग अनुसार एकैदिन ३७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो...