समाचार

राष्ट्रपति आज स्वदेश फर्किँदै

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन् । राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका अनुसार उनी अस्पतालबाट सिधै विमानस्थलबाट काठमाडौँ आउने कार्यक्रम छ...

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् । लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् । बैशाख १० गते भएको उप–निर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि उनी पहिलो पटक प्रधानमन्त्रीलाई भेट्न...

बार एसोसिएशन आजदेखी आन्दोलनमा उत्रने

काठमाडौं । वकिलहरूको साझा संगठन नेपाल बार एसोसिएशन आजदेखी आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो । ‘बैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव...

चट्याङ लागेर महिलाको मृत्यु

ओखलढुङ्गा । ओखलढुंगामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, शनिबार अपराह्न वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी उनको रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको...

कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा आज बिहानै कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाईको मृत्यु भएको...

हेटौंडामा लेखक दिवस मनाइयो

मकवानपुर । नेपाली लेखक संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शनिबार हेटौंडामा राष्ट्रिय लेखक दिवस २०८० मनाएको छ । लेखक दिवसको सान्दर्भिकतामाथि बहस तथा रचना वाचन गर्दै प्रथम राष्ट्रिय लेखक दिवस मनाइएको हो । कार्यक्रम नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यको सभाध्यक्ष तथा केन्द्रीय सदस्य ह्याग्रीव आचार्यको...

यस्तो रहनेछ आजको मौमस

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मौसमा देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । महाशाखाका अनुसार, आज पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, कोशी प्रदेशका तराई भू–भागका एक÷दुई...

‘ए’ डिभिजन लिग अन्तरगत आज चार खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेलहरू हुने भएको छ । जसमा दुई खेल दशरथ रङ्गशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मच्छिन्द्र...

रास्वपा संसदीय दलको नेता अर्यालले दिए पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता डोलप्रसाद अर्याल (डिपी) ले आफ्नो पदबाट राजीनामा दिएका छन् । रास्वपाका उपसभापति समेत रहेका अर्यालले शनिबार पदबाट राजीनामा दिएका हुन् । शनिबार बसेको संसदीय दलको भर्चुअल बैठकमा अर्यालले राजीनामा बुझाएका छन् । अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका...

पोखरीमा डुबेर मकवानपुरकी राईको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ७ हातिखोलास्थित सार्वजनिक जग्गामा सिंचाईको लागि खनेको पोखरीमा परेर शनिबार एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राम कुमार राईको छोरी ११ वर्षीया बिनिता राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी...