कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख १७, आईतवार ०९:०४

सिन्धुली । सिन्धुलीमा आज बिहानै कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाईको मृत्यु भएको हो ।

सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो । सो दुर्घटना परेर दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घाइते उनको सिन्धुली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।