समाचार

बारा २ मा जसपा, एमाले र रास्वपाका उम्मेदवारले मतदान गर्न नपाउने

बारा । बारा २ मा जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारीले मतदान गर्न नपाउने भएको छ । यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन् । उम्मेदवार...

यी क्षेत्रमा आज सार्वजनिक विदा

काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा आज सार्वजनिक विदा दिइएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बारा २, चितवन २ र तनहुँ १ मा आज उप–निर्वाचन हुने भएकाले विदा दिएको हो । मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने बैशाख ८ गतेदेखि...

आज पहाडी भू–भागमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । यस्तै,...

उप–निर्वाचन : आज मतदान हुँदै

काठमाडौं । आज तीन निर्वाचन क्षेत्रमा उप–निर्वाचन हुँदैछ । निर्वाचन आयोगले बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उप–निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार, आज बिहान ७ बजेदेखि मतदान हुँदैछ । आफ्नो तोकिएको मतदान...

बानियाँको ‘सगरमाथा शीर मेरो’ बोलको गीत सर्वोत्कृष्ट पाँचमा

काठमाढौं । गीतकार मीन बानियाँको ‘सगरमाथा शीर मेरो’ बोलको गीत विन्दबासिनी म्युजिक अवार्ड २०७९ मा सर्वोत्कृष्ठ ५ मा नोमिनेशनमा परेको छ । बानियाँको शब्द, नरहरि प्रेमी र इन्दु बानियाँको स्वरमा सजिएको सो गीतलाई प्रेमीले संगीत भरेका हुन् ।राष्ट्रिय भावनाले ओतप्रोत गीतको रुपमा बानियाँको गीत नोमिनेशमा समेटिएको हो । दर्जनौ...

साहित्यकार सञ्जय साह मित्र र छवि अनित्य सम्मानित

मकवानपुर । साहित्य संगम मकवानपुरले तु खबर डटकमका स्तम्भकार अग्रज साहित्यकार एवम् पत्रकार सञ्जय साह मित्रलाई आज एक कार्यक्रमका बीच भैरव अर्याल स्मृति सम्मान २०७९ प्रदान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्य एवम् सस्थाकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा साहलाई नगद २१ हजार...

एएचएफद्वारा सरोकारवालाहरुसँग छलफल

मकवानपुर । एचआइभी एड्सको निराकरणका लागि सहयोग पुर्याउँदै आएकोे अन्तर्राष्ट्रिय सामाजिक संस्था एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) ले सरोकारवालाहरुसँग छलफल गरेको छ । सो संस्थाले शुक्रबार हेटौंडामा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, मेडिकल व्यवसायी तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेको हो । सो अवसरमा एएचएफ नेपाल...

परिवार दलका अध्यक्ष ढकालले दिए ‘इद उल फित्र’ को शुभकामना

हेटौंडा । नेपाल परिवार दलका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ‘इद उल फित्र’ को उपलक्ष्यमा मुस्लिम समुदायलाई शुभकामना दिएका छन् । ढकालले शुभकामना सन्देश जारी गर्दै ‘इद उल फित्र’ ले सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवम् समृद्धिको कामना गरेका छन् । उनले ‘इद...

आज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इद उल फित्र’ मनाइँदै

मकवानपुर । आज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इद उल फित्र’ मनाइँदैछ । यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मावलम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात् व्रत बसिन्छ ।...

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । भारतको नयाँ दिल्लीमा उपचाररत पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उनको स्वास्थ्य उपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति...