रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । आज बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने भएको हो ।
उप–निर्वाचनबाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आएपछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्न लागेको हो ।
रास्वपाले आज सरकारले दिएको समर्थनको विषयमा निर्णय लिने छ । यसैगरी, आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने एजेण्डा रहेको छ ।
नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसालापछि उनी सबै पद मुक्त भएका थिए । पुनः नागरिकता प्राप्तिपछि पार्टी सभापतिमा पुनर्वहाली भए ।
लामिछाने पदमुक्त भए पछि रास्ववाले पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः विजयी भएर आएपछि उनले शनिवार नै राजिनामा दिएका छन ।
