उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

तु खबर संवाददाता
२०८२ चैत्र २७, शुक्रबार २१:०२

प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा उनी उपसभामुख चयन भएकी हुन् ।

आज सदनमा २५६ सांसद उपस्थित थिए । यीमध्ये ले रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरे । उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे ।

उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । उनले जम्मा ५ मत पाएकी थिइन् ।

उपसभामुखमा सरस्वती लामाले पाइन् ५ मत

राप्रपाकी सांसद सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । उनको पक्षमा ५ मत मात्रै परेपछि प्रस्ताव अस्वीकृत भएको हो ।

लामालाई राप्रपाबाहेकका दलका सांसदले मत दिएनन् । शुक्रबारको बैठकमा २ सय ५७ सांसद उपस्थित छन् ।

लामाको विपक्षमा २१५ मत खस्यो भने तटस्थमा ३७ मत परेको छ ।