रास्वपा र शाहबीच ७ बुँदे सहमति, शाहलाई भावी प्रधानमन्त्री
काठमावडौं । काठमाडौं महानगरपालिकका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी बीच एकता गर्ने सहमति भएको छ । सहमति अनुसार, आउँदो प्रतिनिधिसभाको निर्वाचनपश्चात शाहलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सो पार्टीको नेतृत्व गर्ने तथा शाहले संसदीय दलको नेतृत्व गर्ने समेत गरी ७ बुँदे सहमति सार्वजनिक भएको छ । सहमितको बुँदा नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको उल्लेख छ ।
प्रतिनिधिसभाको निर्वाचनमा चुनाव चिन्ह भने घण्टी हुने समेत सहमति भएको छ ।
यस अघि लामिछाने, शाह र कुलमान घिसिङबीच सहमतिका लागि प्रयासहरु भएका थिए । कुलमानको सन्दर्भमा भने यी सहमतिका बुँदाहरुमा केही पनि उल्लेख गरिएको छैन ।
