समाचार

बालिका बलात्कार आरोपमा युवक पक्राउ

दाङ । दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने २१ वर्षीय राम नेपालीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिकालाई ललाई फकाई गरी सोही ठाउँको खरबारीमा लगेर रामले जबरजस्ती करणी गरेको हो । रामलाई जिल्ला प्रहरी...

प्रतितोलामा ९०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ घटेको जनाएको छ । आज साताको पहिलो कारोबार दिन तोलामा ९०० रुपैयाँले घटेको महाशाखाले जानकारी गराएको हो । भाउ घटेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८००...

मोदी इनर्जीले बैशाख १९ देखि आईपीओ खुल्ला गर्ने

काठमाडौं । मोदी इनर्जीले यही बैशाख १९ गतेदेखि सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा गएकाहरूका लागि ५९ लाख ९५ हजार कित्ता शेयर बिक्री खुलाउन लागेको हो । जारी पुँजी २ अर्ब ९० करोडको १५ प्रतिशत शेयर सर्वसाधारणलाई...

प्रतिनिधि सभा सदस्य उप–निर्वाचन : कहाँ कति मत खस्यो ?

मकवानपुर । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत आज तीन वटा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । आज चितवन–२, बारा–१ र तनहुँ–१ मा मतदान जारी रहेको छ । चितवन क्षेत्र नम्बर २ मा भइरहेको उप–निर्वाचनमा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले बिहान १०...

चितवन २ मा रवि र रामप्रसादले भोट हाल्न नपाउने

चितवन । चितवन क्षेत्र नम्बर २ मा पनि उप–निर्वाचनको मतदान जारी छ । रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले मतदान गर्न नपाउने भएका छन् । रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उप–निर्वाचनमा...

उप–निर्वाचन : तनहुँ–१ दुई उम्मेदवारले मात्रै मतदान गर्न पाउने

तनहुँ । तनहुँ क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यको उप–निर्वाचन अन्तर्गत हाल मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्न पाउने भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्न पाउनेछन् । अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेकोले...

दुर्घटनामा गम्भीर घाइते सहायक हबल्दारको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका ट्राफिक प्रहरीका सहायक हबल्दार जनक धामीको मृत्यु भएको छ । बिहीबार साँझ धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा आफैंले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धामी गम्भीर घाइते भएका थिए । घाइते उनको मेट्रो अस्पतालमा उपचाररत धामीको...

आगलगी हुँदा ४ लाखको क्षति

मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका र बकैयाँ गाउँपालिकामा शनिबार भएको आगलागीबाट उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार दिउँसो २ बजेको समयमा ईन्द्रसरोबर गाउँपालिका–४ छाप बस्ने अर्जुन भोलनको घर...

हेटौंडामा सवारी दुर्घटना, एक घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० रापितरोडस्थित आज बिहान भ्यानले ठक्कर दिँदा एक जना घाइते भएका छन् । बिहान ७ः१५ बजेको समयमा बुद्धचोकबाट थानाभर्याङितर्फ जाँदै गरेको बा १७ च ७७७९ नम्वरको बेकरी सामान बोकेको भ्यानले ठक्कर दिँदा एक जना पैदलयात्री घाइते भएका हुन् । घाइते हुनेमा पैदलयात्री...

आज सातु खाएर तथा दान गरेर अक्षय तृतीया मनाइँदै

काठमाडौं । आज अक्षय तृतीया मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ । आजको तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनबाट...