समाचार
थप १९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २८३
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, कोरोनाको संक्रिय संक्रमितको संख्या २८३ पुगेको छ भने संस्थागत आईशोलेशनमा ३२, आइसीयूमा ११ र...
रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो । त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो । सोहीअनुरुप नै सर्वसम्मत रुपमा...
अवैध लागूऔषधसहित ९ जना पक्राउ
काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर, झापा र कैलाली गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले मकवानपुरको थाहा नगरपालिका–७ आग्रा बस्ने ६७ वर्षीय ईन्द्रबहादुर थिङलाई अवैध लागूऔषध गाँजा १७५ केजीसहित सोमबार बिहान प्रहरीले...
१६ ब्रोकर कम्पनीले पायो आशय पत्र
काठमाडौं । नयाँ ब्रोकरको लाइलेन्सका लागि निवेदन दिएका १६ ब्रोकर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आशय पत्र (एलओआई) दिएको छ । बोर्डको सोमबार बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार आशय पत्र दिएको हो । बोर्डले पहिलो चरणमा १६ कम्पनीलाई एलओआई दिइएको हो । निवेदन दिएका सबै फाइलहरूलाई एकैसाथ हेर्न नभ्याएका कारण...
नेपाल र युएईबीचको फाइनल खेल भोलिसम्मका लागि स्थगित
काठमाडौं । एसीसी प्रमियर कपअन्तर्गत नेपाल र युएईविरुद्धको फाइनल खेल भोलिसम्मका लागि स्थगित भएको छ । भारी वर्षाका कारण खेल ‘रिजर्भ डे’ सम्मका लागि सरेको क्रिकेट संघ नेपाल (क्यान) ले जानकारी दिएको छ । नेपाल र युएईबीचको फाइनल खेल भोलि आज स्थगित भएको अवस्थादेखि सुरु हुने क्यानले जनाएको छ...
रास्वपाले तोक्यो ३६ विभागीय प्रमुख (नामावलीसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ वटा विभागका विभागीय प्रमुख तोकेको छ । सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले विभाग र विभागीय प्रमुख तोकेको हो । बैठकले अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्लेलाई तोकेको छ । यस्तै, नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी मुकुल ढकाललाई दिइएको छ...
सरकारमा सहभागिताबारे रास्वपाले शुक्रबार मात्र निर्णय लिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागिताबारे शुक्रबार मात्र निर्णय लिने भएको छ । उप–निर्वाचनपछि सोमबार पहिलो पटक बसेको रास्वपाको बैठकले उक्त निर्णय लिएको हो । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो । छलफलको क्रममा केन्द्रीय सदस्यहरुले सरकारमा जाने नजानेबारे आ–आफ्नो धारणा व्यक्त...
मकवानपुरका एक वडाध्यक्षसहित तीन जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष शिवराज थिङलाई लागूऔषध गाँजासहित प्रहरीले सोमबार पक्राउ गरेको छ । ३९ वर्षीय वडाध्यक्ष थिङ अवैध लागूऔषध गाँजा २०२ किलोसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनीसँगै...
एक पुरुष मृत अवस्थामा फेला
बैतडी । बैतडीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्वर ६ पैराड बस्ने ४० वर्षीय मदन राम पहरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पहरी घर भन्दा ३० मिटर टाढा भिमलको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला...
सरकार र महावीर पुनबीच आज पनि वार्ता हुँदै
काठमाडौं । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुने भएको छ । आइतवार भएको वार्ता निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो । वार्तामा सहभागीहरुले आइतबारको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेको बताएका छन् । सोमबार लिखित रुपमा सहमति हुनसक्ने उनीहरुको भनाई...









