थप १९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २८३

तु खबर संवाददाता
२०८० बैशाख १८, सोमबार १८:०८
filr-photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, कोरोनाको संक्रिय संक्रमितको संख्या २८३ पुगेको छ भने संस्थागत आईशोलेशनमा ३२, आइसीयूमा ११ र भेन्टिलेटरमा एक जना उपचाररत रहेका छन् ।

मन्त्रालयले कोरोनाविरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ ।